मंगलबार, माघ १३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सनराइज बैंकद्वारा १०० स्थानमा वित्तीय साक्षरता कार्यक्रम

सनराइज बैंकद्वारा १०० स्थानमा वित्तीय साक्षरता कार्यक्रम

 |  मंगलबार, चैत १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १४, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- सनराइज बैंकले सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। पूर्वको तेह्रथुमदेखि पश्चिमको दार्चुलासम्मका १०० स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी ग्लोबल मनी विक मनाएको बैंकले जनाएको छ।

देशभरका शाखाहरु र सामाजिक संजाल मार्फत विभिन्न कार्यक्रम र सूचना प्रवाह गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ। बैंकले ग्लोबल मनी विकको यस वर्षको नारा ‘प्लान योर मनी, प्लान योर फ्युचर’ रहेको थियो। बैंकिङ सेवा, बचत, ऋण, विद्युतीय बैंकिङ सेवा र यसमा अपनाउनु पर्ने सावधानी लगायतका विषयहरुलाई समावेश गरी देशभरका १०० स्थानका युवाहरुलाई समेटेर वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ।

यस कार्यक्रमले युवाहरुमा वित्तीय साक्षरताको अभिवृद्धि, वित्तीय निर्णय गर्ने क्षमताको विकास, सानैदेखि बचत गर्ने बानी, बैंकिङ सेवा सुविधाको सही उपयोगिता, बैंकिङ विवरण अरुलाई दिंदाँ हुन सक्ने झमेला र ठगी लगायतका विषयको सचेतनाले आर्थिक समृद्धिमा योगदान पुग्न सक्ने बैंकको विश्वास छ।
 

प्रकाशित: Mar 28, 2023| 22:30 मंगलबार, चैत १४, २०७९
प्रतिक्रिया दिनुहोस्