शनिबार, वैशाख ८, २०८१

६ महिनामा विदेश रोजगारीमा गएका ६१२ ले गुमाए ज्यान

चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारमा गएका ६१२ जनाले ज्यान गुमाएको तथ्यांक बोर्डले सार्वजनिक गरेको हो। 
 |  शुक्रबार, चैत १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १०, २०७९

काठमाडौं– वैदेशिक रोजगार बोर्डले चालू आर्थिक वर्षको ६ महिनामा वैदेशिक रोजगारमा गएका ६१२ नेपालीले ज्यान गुमाएको विवरण सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारीमा गएका ६१२ जनाले ज्यान गुमाएका हुन्। 

triton college

बोर्डका अनुसार ६ महिनामा सबैभन्दा धेरै साउदी अरेयिबा रोजगारीइमा गएका नेपालीले ज्यान गुमाएका छन्। साउदीमा ज्यान गुमाउनेको नेपालीको संख्या १८५ पुगेको छ। 

साउदीपछि मलेसिया पुगेका नेपालीले ज्यान गुमाएका छन्। ६ महिने अवधिमा मलेसियामा १२३ जना नेपालीको ज्यान गएको बोर्डको तथ्यांक छ।

बोर्डका अनुसार कतारमा ११७, युएईमा १०४, कुवेतमा ३०, बहराइनमा १२, जोर्डनमा २,  टर्कीमा २, सेसल्समा १, रोमानियामा ४ र दक्षिण कोरियामा ११ जना नेपालीको मृत्यु भएको छ। 

चालू आर्थिक वर्षको ६ महिनामा वैदेशिक रोजगारमा विभिन्न मुलुक गएका ११४ अंगभंग भएर स्वदेश फर्किएका छन्। साउदीबाट ३८ जना अंगभंग भएर फर्किएका छन् भने यूएईबाट २४, कतारबाट २२, मलेसियाबाट १६ र कुवेत रोजगारीमा रहेका ५ जना स्वदेश फर्किएका छन्। 

corrent noodles
Metro Mart

बोर्डका अनुसार रोमानियाबाट २, कोरियाबाट २, पपुवा न्युगिनी, माल्टा, जापान, इजरायल र क्रोएसियाबाट एक–एक जना अंगभंग भएर स्वदेश फर्किएका छन्।

प्रकाशित: Mar 24, 2023| 10:53 शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्