बिहीबार, जेठ १८, २०८०

खप्तड गोल्डकपमा बागमती युवा क्लबको विजयी सुरुआत

 |  बिहीबार, चैत ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ९, २०७९

Everest Bank
National life insurance
Metro Mart

धनगढी- धनगढीमा आज सुरु भएको ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप–२०७९ फुटबल प्रतियोगिता’ अन्तर्गतको पहिलो खेलमा बागमती युवा क्लब सर्लाहीले विजयी सुरुआत गरेको छ। बागमतीले विभागीय टोली एपिएफलाई १–० गोलले पराजित गरेको हो।

मुख्यमन्त्री कमलबहादुर शाहले प्रतियोगिताको उद्घाटन गर्दै खेल क्षेत्रको विकासमा सरकारले ध्यान दिने बताए। चैत १८ गतेसम्म हुने प्रतियोगितामा आयोजक सुदूरपश्चिम–११ स्पोट्स क्लबसहित १० टिमले प्रतिस्पर्धा गर्दैछन्। समारोहमा एक सयपटक रक्तदान गरेर उत्कृष्ट सामाजिक काम गरेवापत धनगढीका पत्रकार दीपकप्रसाद उपाध्याय र कञ्चनपुर पुनर्वासका फुटबल खेलाडी फिलिप तामाङलाई सम्मानित गरिएको छ।
 
कार्यक्रममा मुख्यमन्त्री शाहलाई आयोजकले प्रतियोगितालाई दीर्घकालीनरूपमा सञ्चालन गर्न बजेट व्यवस्थापन मागसहितको ज्ञापनपत्र पेस गरेको थियो। प्रतियोगिताको विजेतालाई २१ लाख र उपविजेतालाई रु १० लाख पुरस्कारको व्यवस्था गरिएको छ।  यस्तै उत्कृष्ट खेलाडीले रु एक लाख, उत्कृष्ट विधामा प्रत्येक खेलाडीलाई रु १५ हजारका दरले पुरस्कार प्रदान गरिने जनाइएको छ।

प्रतियोगिताका सबै प्रतिस्पर्धामा ‘म्यान आफ दि म्याच’ घोषित खेलाडीलाई रु १० हजारका दरले पुरस्कार दिइने जनाइएको छ। धनगढी रङ्गशालमा विसं २०७३ मा खप्तड गोल्डकपको पहिलो संस्करण भएको थियो।

प्रकाशित: Mar 23, 2023| 09:34. 00 बिहीबार, चैत ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

साफ च्याम्पियनसिप: ३० सदस्यीय प्रारम्भिक टोली घोषणा

मुख्य प्रशिक्षकले घरेलु मैदानमा जारी सहिद स्मारक ए डिभिजनमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरेका हुन्।

महिला क्रिकेट : नेपाल मलेसियासँग पराजित

मलेसियाको वाइएसडी यूकेएम ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपाल मलेसियासँग पाँच विकेटले पराजित भएको हो।