आइतबार, जेठ ३, २०८३

सेयर बजार राताम्य

 |  बिहीबार, चैत ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ९, २०७९

काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारका सबै सूचक ओर्लिएका छन्। नेप्से परिसूचक १८.१५ अंक घटेर १९ सय १५ अंकमा कायम भएको छ। 

National life

नेप्सेसहित सबै उपसमूहका सूचक ओर्लिएका छन्। आज कुल १ अर्ब ४१ करोडको कारोबार भयो। यो कारोबार रकम अघिल्लो दिनको तुलनामा ११ करोड बढी हो। 

२८ कम्पनीको मूल्य बढ्दा १७९ को घट्यो भने ६ को स्थिर रह्यो। बैंकिङ ८, विकास बैंक ११, फाइनान्स २१, होटल तथा पर्यटन ४२, जलविद्युत् ३६, जीवन बिमा ९१, उत्पादन ९, माइक्रोफाइनान्स ५९, निर्जीवन बिमा ३७, ब्यापार ६७ र अन्य उपसमूह १५ अंक घटेका छन्।

मायाखोला र एसियन हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो। सिद्धार्थ बैंकको मूल्य ८ प्रतिशत बढ्यो। बोटलर्स नेपाल तराईको मूल्य ५ प्रतिशत बढ्यो भने युनिक नेपाल लघुवित्तको मूल्य ७.४, सिर्जनशील लघुवित्तको ६.८, खप्तड लघुवित्तको ६ प्रतिशत मूल्य घट्यो। कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक, सिद्धार्थ बैंक, हिमालयन डिस्टिलरी, नबिल बैंक र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे।

प्रकाशित: Mar 23, 2023| 15:20 बिहीबार, चैत ९, २०७९
प्रतिक्रिया दिनुहोस्