बिहीबार, जेठ १८, २०८०

असनमा पाहाँ चह्रेको रौनक[तस्बिर/भिडियो]

स्थानीय नेवार समुदायको यो दसैंपछिको ठूलो पर्व हो। नेपाल भाषामा पाहाँको अर्थ पाहुना र चह्रे भन्नाले चतुर्दशी हो।
 |  बुधबार, चैत ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत ८, २०७९

काठमाडौंका नेवार समुदायले पाहाँ चह्रे पर्व मनाएका छन्। हरेक वर्ष घोडे जात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार समुदायले पाहाँ चह्रे मनाउने गर्छन्।

Everest Bank

स्थानीय नेवार समुदायको यो दसैंपछिको ठूलो पर्व हो। नेपाल भाषामा पाहाँको अर्थ पाहुना र चह्रे भन्नाले चतुर्दशी हो। नेवार संस्कृतिमा पाहुनाको ठूलो स्थान छ। पाहुनालाई देउता मानेर श्रद्धापूर्वक स्वागत सत्कार गरिन्छ। त्यसकारण आफ्ना नातेदार, चेलीबेटी, साथीभाइ, इष्टमित्र आदिलाई निम्तो गरेर पाहाँ चह्रेमा भोज खुवाउने चलन छ।

जाडो सकिएर गर्मी सुरु हुने बेलामा मनाइने पाहाँ चह्रेमा बतास, वर्षा र अनेकथरी रोगबाट बच्ने उपायको खोजी गरिन्छ। यस पर्वको पहिलो दिन बिहान विभिन्न शक्ति पीठमा पूजा गरी बेलुकी जमिनमुनि  रहेका लुकु महाद्यः (महादेव) को पूजा गर्ने परम्परा छ।

हेरौं, नेपाल समयका शिरिषमान महर्जनले बुधबार असनमा खिचेका तस्बिर र भिडियो: 

National life insurance
Metro Mart

प्रकाशित: Mar 22, 2023| 05:01. 00 बुधबार, चैत ८, २०७९
प्रतिक्रिया दिनुहोस्