बुधबार, जेठ २४, २०८०

तनाव र अनिन्द्राले प्रकट ल्याउँछ नकारात्मक भाव 

प्रत्येक दिन एक पटक आफूले गरेको कामको समीक्षा गर्नुपर्छ। यसले कामप्रतिको सन्तुष्टि बढाउँछ र तनाव कम गर्न मद्दत गर्छ।
 |  मंगलबार, चैत ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ७, २०७९

यो भागदौडपूर्ण जिन्दगीमा जोकोहीलाई तनाव हुन्छ। तनावकै कारण मानिसमा अनिन्द्राको समस्या पैदा हुन सक्छ। भागदौडपूर्ण जीवनकै कारण पछिल्लो समय थुप्रै मानिस अनिन्द्राको सिकार हुन पुगेका छन्। राति थकानका बाबजुद पनि विस्तरामा जाँदा मानिसलाई निन्द्रा नलाग्नुको कारण उनीहरूले त्यो समयमा पनि थुप्रै कुरा सोचिरहनु रहेको बताइएको छ।

Everest Bank

मनमा आउने अनेकन भावका कारण मानिसहरू रातिसम्म अनिदो नै रहन्छन्। निन्द्रा पूरा नहुँदा शरीरमा थकान हुने, आँखा दुख्ने र अन्य शारीरिक तथा मानसिक समस्या हुने हुन्छ। प्रत्येक मानिसलाई स्वस्थ रहनका लागि आठ घण्टा काम गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा दिमागलाई शान्त राख्न र विचारलाई शून्यतामा झार्न हामीले केही उपाय अपनाउन सक्छौं।

निन्द्रा नलाग्ने समस्या जोकोहीलाई पनि हुन सक्छ। यस्तो अवस्थामा त्यस्ता व्यक्तिको समस्या सक्रिय हुन पुग्छ र सुत्न समस्या हुन्छ। तनाव र अनिन्द्राका कारण दिमाग अत्यधिक गतिशील हुन पुग्छ। हाम्रो वरपरको वातावरण शान्त भएको समय अर्थात् राति तनाव र अनिन्द्राका कारण दिमागको गति अत्यधिक हुन्छ। तर, हामीले यसलाई एन्जाइटी डिसअर्डरका पीडितको समस्याका रुपमा चित्रण गर्छौं। कुनै प्रिय मानिसको निधन हुनु, जागिर छुट्नु, सम्बन्ध विच्छेद जस्ता कारणले मानिसमा ठूलो चिन्ता पैदा हुन्छ। यस्ता मानिसमा राति हुँदा पनि निन्द्रा नलागेर मनमा अनेक कुरा खेलिरहेको हुन्छ। कुनै दिन त बिहानको उज्यालो हुँदासम्म पनि निन्द्रा लाग्दैन।

यस्तो अवस्थामा तनाव व्यवस्थापन गर्नुपर्छ। तनाव व्यवस्थापनका लागि दिनमा एक पटक चिन्ता व्यवस्थापनको उपाय खोज्दै त्यसको हल गर्नुपर्छ। प्रत्येक दिन एक पटक आफूले गरेको कामको समीक्षा गर्नुपर्छ। यसले कामप्रतिको सन्तुष्टि बढाउँछ र तनाव कम गर्न मद्दत गर्छ।

मिठो निन्द्रा लिनका लागि राति सुत्ने समयमा कम्प्युटर र फोनलाई समयमै बन्द गर्नुपर्छ र आरामसँग निदाउने प्रयास गर्नुपर्छ।

Metro Mart
worldlink

निन्द्रा लाग्न केही समय लाग्न सक्छ। त्यसैले करिब ३० मिनेटसम्म निदाउने प्रयास गर्नुपर्छ। मनमा विभिन्न विचारलाई खेल्न दिनु हुँदैन।

सुत्नुभन्दा पहिले कुनै राम्रा पुस्तक पढ्ने, गीत सुन्ने, केहीबेर टिभि हेर्ने, व्यायाम गर्ने, ध्यान वा प्राथना गर्ने जस्ता कार्य गर्न सकिन्छ। यस्ता क्रियाकलाप गर्दा निन्द्रा लाग्ने सम्भावना हुन्छ। यति गर्दा पनि निन्द्रा लागेन भने मनमा कुरा खेलाउनु भन्दा योग गर्नु राम्रो हुन्छ। जसले तनाव व्यवस्थापनमा सहयोग पुर्‍याउँछ।

प्रकाशित: Mar 21, 2023| 06:15. 00 मंगलबार, चैत ७, २०७९
प्रतिक्रिया दिनुहोस्