सोमबार, जेठ ७, २०८१

'अहंकारी' उपकुलपति र 'अराजक' आन्दोलनकारीका कारण थलिँदै मध्यपश्चिम विवि

मध्यपश्चिम विश्वविद्यालय (एमयू) मा लामो समयदेखि जारी आन्दोलन शैक्षिक एवम् प्राज्ञिक विषयमा भन्दा उपकुलपतिले पदबाट राजीनामा दिनुपर्ने र आन्दोलनकारीले जागिर पाउनुपर्नेमा केन्द्रित छ। साथै विश्वविद्यालयमा राजनीतिक दलहरुले पनि चासो देखाएपछि समस्या समाधानभन्दा जटिलतातर्फ केन्द्रित हुन पुगेको छ।
 |  बुधबार, साउन २७, २०७८

देव राना

देव राना

बुधबार, साउन २७, २०७८

सुर्खेत– मध्यपश्चिम विश्वविद्यालयमा लामो समयदेखि जारी आन्दोलन शैक्षिक एवम् प्राज्ञिक विषयमा भन्दा उपकुलपतिले पदबाट राजीनामा दिनुपर्ने र आन्दोलनकारीले जागिर पाउनुपर्नेमा केन्द्रित छ। साथै विश्वविद्यालयमा राजनीतिक दलहरुले पनि चासो देखाएपछि समस्या समाधानभन्दा जटिलतातर्फ केन्द्रित हुन पुगेको छ।

triton college

विश्वविद्यालयमा नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, क्रान्तिकारी अनेरास्ववियु र अखिल (छैटौं) एक महिनादेखि अन्दोलनमा छन्। विभिन्न १८ बुँदे माग राखेर आन्दोलन थालेका विद्यार्थी संगठन ६ दिनदेखि अनिश्चितकालीन आमरण अनशनमा छन्। 

अनलाइन माध्यमबाट परीक्षा हुनुपर्ने विद्यार्थीको मुख्य माग छ। छात्रवृत्तिलाई २० प्रतिशत पुर्‍याउनुपर्ने, १० प्रतिशत शुल्क वृद्धि खारेज गरिनुपर्ने, रोकिएका सम्पूर्ण परीक्षा सञ्चालन गरिनुपर्ने, इ–लाइब्रेरी, बीबीए र एमबीएमा भएको आर्थिक अनियमितता छानविन गरिनुपर्ने लगायतका माग उनीहरूको छ।

आन्दोलनकै क्रममा विद्यार्थीले मंगलबार साँझ उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको निवासमा ढुंगा प्रहार गरी तोडफोड गरेका छन्। उनीहरुले उपकुलपति निवासमा पार्किङमा राखेको गाडीमा समेत क्षति पुर्‍याएका थिए। 

उपकुलपतिमाथि आक्रमण भएपछि प्रहरीले लाठीचार्ज गरेको थियो। लाठीचार्जबाट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष राज पौडेल, दीपेन्द्रजंग शाही, भूपेन्द्र बम, केशव खड्का, रोशन बस्नेत, गोविन्द सिजापति, तेजबहादुर बमलगायत घाइते भएका छन्। उच्च शिक्षाका चुनौती र वर्तमान अवस्थामा विश्वविद्यालयमा देखिएका समस्याहरुको समाधानका उपाय विषयक अन्तरक्रियात्मक कार्यक्रममा पनि विद्यार्थीले हुलदंगा गरेका थिए। 

corrent noodles
Metro Mart
‘सरकार परिवर्तन भएपछि अब उपकुलपति पनि परिवर्तन हुनुपर्छ’, अखिल छैटौंका कर्णाली प्रदेश संयोजक हरि बुढाले भने, ‘माग जे राखिए आन्दोलनको मुख्य उद्देश्य नै उपकुलपति हटाउनु हो।’ 

विद्यार्थीले राखेका मागमध्ये दुई वटा बुँदा विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहसँग सम्बन्धित छन्। तेह्रौं बुँदामा जुम मिटिङमा विश्वविद्यालयको गरिमामा आँच आउने गरी गरिएका हर्कत उपकुलपतिले तत्काल बन्द गर्नुपर्ने र १७ नम्बर बुँदामा विश्वविद्यालयको विधि, पद्धतिभन्दा बाहिर गएर दिएका धम्कीपूर्ण अभिव्यक्ति बन्द गर्नुपर्ने उल्लेख छ। १८ बुँदामा उल्लेख नगरिएको तर आन्दोलनको सबैभन्दा मुख्य माग उपकुलपतिको बिदाइ हो।

अखिल छैटौंले उपकुलपति हटाउनकै लागि आन्दोलन गर्नुपरेको जनाएको छ। ‘सरकार परिवर्तन भएपछि अब उपकुलपति पनि परिवर्तन हुनुपर्छ’, अखिल छैटौंका कर्णाली प्रदेश संयोजक हरि बुढाले भने, ‘माग जे राखिए आन्दोलनको मुख्य उद्देश्य नै उपकुलपति हटाउनु हो।’ 


नयाँ उपकुलपति आए विद्यार्थी नेताहरूको स्वार्थ पूरा हुने विद्यर्थी नेता नै बताउँछन्। ‘अर्काे उपकुलपति भए विद्यार्थी नेताहरुलाई धेरै सहज हुन्थ्यो, पढाइ सकिएपछि पार्ट टाईमा जागिर खान हुन्थ्यो’, बुढाले भने, ‘अहिलेको उपकुलपतिले सबै बन्द गरिदिए। वर्षाैंदेखि जागिर आएका प्राध्यापकलाई हटाए।’ पाँच दलीय गठबन्धनका कारण अखिल छैटौं पनि उपकुलपतिको राजीनामा माग्ने तयारमा छ।

आन्दोलनरत नेपाल विद्यार्थी संघले पनि उपकुलपतिले राजीनामा मागेको छ। उपकुलपति नैतिक आचरणबाहिर गएको र विरोधीहरुलाई सिध्याउने उद्देश्यले अगाडि बढेको आरोप नेविसंघको छ। 

‘एक महिनासम्म विश्वविद्यालयले हाम्रो मागलाई बेवास्ता गर्‍यो, अबको माग उपकुलपतिको राजीनामा हो’, मध्यपश्चिम विश्वविद्यालयका संस्थापक स्ववियु सभापति एवम् नेपाल नेपाल विद्यार्थी संघका नेता जक्कबहादुर शाही भन्छन्, ‘केही दिनमै उपकुलपतिलाई हटाउन जिल्ला प्रशासन कार्यालयबाट प्रधानमन्त्रीलाई पत्र पठाउँछौं।’

प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल राष्ट्रिय प्राध्यापक संघको मुख्य माग पनि उपकुलपतिको राजीनामा हो। दुवै संगठनले सम्पूर्ण आंशिक प्राध्यापकलाई करार, करार प्राध्यापकलाई सीधै स्थायी गर्नुपर्ने र प्राध्यापक विश्वनाथप्रसाद यादवको पुनर्बहाली मुख्य माग राखेका छन्।  

विद्यार्थी मात्रै होइन प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल राष्ट्रिय प्राध्यापक संघको मुख्य माग पनि उपकुलपतिको राजीनामा हो। दुवै संगठनले सम्पूर्ण आंशिक प्राध्यापकलाई करार, करार प्राध्यापकलाई सीधै स्थायी गर्नुपर्ने र प्राध्यापक विश्वनाथप्रसाद यादवको पुनर्बहाली मुख्य माग राखेका छन्।  यद्यपि प्रजातन्त्रवादी प्राध्यापक संघको १३ बुँदे र नेपाल राष्ट्रिय प्राध्यापक संघको १५ बुँदे मागपत्रमा उपकुलपतिको राजीनामा उल्लेख छैन। 

‘उपकुलपति नै राजनीतिक रुपमा प्राध्यापकहरुलाई विभेद गर्दै आएका छन्। नेपाली कांग्रेस र माओवादी समर्थित प्राध्यापकहरुलाई मदमुक्त गर्ने उनको योजना छ’, आन्दोलनरत एक प्राध्यापकले भने, ‘आन्दोलनको भित्र्री उद्देश्य जसरी भए पनि उपकुलपति हटाउनु हो।’ आफ्ना विरोधीलाई कारबाही गर्ने, जागिरबाट निकाल्ने, जिम्मेवारीबाट हटाउने र प्रधानमन्त्रीलाई कुलपति मान्दिन भन्ने जस्ता हर्कत देखाएका कारण उपकुलपति पदमा बस्न अयोग्य भएको ती प्राध्यापकको जिकिर छ। ‘वर्षौंदेखि काम गर्दै आएका प्राध्यापकलाई हटाइएको छ’, ती प्राध्यापकले भने, ‘हाम्रो रोजिरोटी खोस्नेलाई के गर्नुपर्छ हामीलाई राम्रोसँग थाहा छ, यो आन्दोलन त्यसकै लागि हो।’

सुर्खेतका राजनीतिक दलहरु पनि उपकुलपतिको विकल्प खोज्न तयार भएका छन्। विश्वविद्यालयको मूल नेतृत्वका कारण अहिलेको समस्या उब्जिएको भन्दै दलहरुले नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका छन्। ‘विश्वविद्यालयमा देखिएको समस्याको जड उपकुलपति नै हुन्’, माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जीसी भन्छन, ‘छिट्टै उनको विकल्प तयार हुन्छ।’ उपकुलपति पदमा बसेर केपी शर्मा ओलीको गुनगान गाउने र विपक्षलाई सिध्याउने गरी लाग्ने व्यक्तिहरुको विकल्प तयार भइरहेको उनको भनाइ छ। ‘नेतृत्वले नै नियम र कानुन आफू अनुकूल प्रयोग गर्न खोजेको देखिन्छ’, उनी भन्छन्, ‘विरोधीलाई सिध्याउने र आफ्नालाई संरक्षण गर्ने नेतृत्वकै कारण समस्या उब्जिएको हो।’


नेपाली कांग्रेस सुर्खेत पनि उपकुलपतिको विकल्प खोज्नुपर्ने पक्षमा छ। ‘जहाँबाट समस्या देखिन्छ, त्यहींबाट समाधान खोजिनुपर्छ’, नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी भन्छन्, ‘अहिलेको विश्वविद्यालयको समस्या पदाधिकारीमा छ।’ उपकुलपतिको पद राजनीति नियुक्त भए पनि पदमा बस्ने व्यक्तिले नैतिक आचरण ख्याल गर्नुपर्ने उनको तर्क छ।

एमाले सुर्खेतका नेता भने वार्ताबाट समस्या समाधान गर्नुपर्ने बताउँछन्। ‘आन्दोलन गर्नेका आ–आफ्नै माग होलान् तर विश्वविद्यालयलाई सधैं आन्दोलन भइरहने थलो बनाउनु हुँदैन। तत्काल वार्ता र संवादबाट समाधान खोजिनुपर्छ’, एमाले सुर्खेतका अध्यक्ष  ध्रुवकुमार शाही भन्छन्। 

विश्वविद्यालयका पदाधिकारीहरुले राजनीति नेतृत्वलाई बेवास्ता गरेको, विश्वविद्यालय सञ्चालन र व्यवस्थापनमा समस्या थप्दै गएको र अहिलेको नेतृत्वले उपलब्धि देखाउन नसकेको दलहरुको आरोप छ।

‘तल्लो तहका कर्मचारीको सल्लाहसुझाव सुन्न तयार छैनन्, असल नियत भए पनि एक्लैले विश्वविद्यालयको बेथिति अन्त्य गर्छु भन्नु मूर्खता हो’, विश्वविद्यालयका एक क्याम्पस प्रमुख भन्छन्, ‘उनको नियत खराब छैन, तर प्रस्तुति शैली भने अराजक छ।’ 

उसो त उपकुलपतिको शैली अहंकारी छ। गल्ती–कमजोरी गर्नेलाई कानुनी दायरामा ल्याउनु आफैंमा असल नियत त भए पनि धेरैले उनको शैलीलाई खराबी देख्छन्। ‘तल्लो तहका कर्मचारीको सल्लाहसुझाव सुन्न तयार छैनन्, असल नियत भए पनि एक्लैले विश्वविद्यालयको बेथिति अन्त्य गर्छु भन्नु मूर्खता हो’, विश्वविद्यालयका एक क्याम्पस प्रमुख भन्छन्, ‘उनको नियत खराब छैन, तर प्रस्तुति शैली भने अराजक छ।’ 

उपकुलपतिको रुखो बोली, निर्देशनात्मक शैली, एक्लै अगाडि बढ्ने बानीका कारण अधिकांश प्राध्यापक, कर्मचारी र विद्यार्थी रुष्ट भएको ती प्राध्यापकको तर्क छ। 

उपकुलपति सिंहको केही समय पहिले मेरो कुलपति केपी शर्मा ओली नै हो, प्रधानमन्त्रीलाई संसदीय भाषामा मात्रै कुलपति मान्छु भनेर बाहिरएको अडियो प्रकरण विरोधीलाई थप मसला बनेको छ।  उपकलुपति सिंह भने आफूविरुद्ध षड्यन्त्र हुँदै आएको बताउँछन्।

आफू उपकुलपतिमा नियुक्त भएपछि पेस गरेको योजनाअनुसार अघि बढ्दा अवरोध गर्ने काम भइरहेको गुनासो सिंहको छ। उनले भने, ‘घरमै आएर गाडीमा आक्रमण भएको छ। यस्तो पनि व्यवस्था हुन्छ? यो माओवादीको उद्दण्डता हो।’ उनले कसैले आन्दोलन गर्दैमा पदबाट नहट्ने बताए। उनले भने, मैले भ्रष्टाचार गरेको भए, पदको दुरुपयोग गरेको छु र पदबाट हट्न?’ उनले वार्ताका लागि प्रयास जारी राख्ने तर समाधान नभए ताला तोडेर भए पनि विश्वविद्यालयका दैनिक क्रियाकलाप अगाडि बढाइने बताए। उनले त्यसपछि परीक्षा तालिका प्रकाशन गरिने बताए। उनले भने, अपराध गर्नेसँग सम्झौता गर्न म कमजोर उपकुलपति होइन। म पनि कर्णालीवासी हुँ, यही माटोमा लडिरहन्छु।’ उनले आफूहरू वार्ताका लागि तयार रहे पनि निजी निवासमै आएर आक्रमण गरेर आपराधिक व्यवहार गरेको बताए। 

साउन २३ गते विश्वविद्यालयको लेटरप्याड र हस्ताक्षर दुरुपयोग गर्दै उपकुलपतिको अण्डकोषमा बिरालोले टोकेर मृत्यु भएको खबर फैलाइएपछि आन्दोलन थप अराजकतातर्फ मोडिएको छ। 

उसो त आन्दोलरतको विद्यार्थीको शैली पनि अराजक छ। साउन १३ गते उपकुलपतिको निवासमा भएको तोडफोड र १९ गते संयुक्त विद्यार्थी संगठनले उपकुलपति, रजिस्टार र परीक्षा प्रमुखको तस्बिरले कुकुरको शरीर छोपेर विरोध गर्नुले विद्यार्थी अराजक छन् भन्ने पुष्टि गर्छ। साउन २३ गते विश्वविद्यालयको लेटरप्याड र हस्ताक्षर दुरुपयोग गर्दै उपकुलपतिको अण्डकोषमा बिरालोले टोकेर मृत्यु भएको खबर फैलाइएपछि आन्दोलन थप अराजकतातर्फ मोडिएको छ। बुधबार राति उपकुलपति सिंहको निवासमै आक्रमण गर्नु अराजकताको अर्को नमुना हो।

विश्वविद्यालयको नेतृत्वप्रति प्राध्यापक र विद्यार्थीसँगै दल पनि असहमत भएपछि एक महिनादेखि विश्वविद्यालय अस्तव्यस्त छ। विश्वविद्यालयको प्रशासनिक र क्याम्पसमा तालाबन्दी छ। कोरोनाका कारण एक वर्ष पछाडि धकेलिएको परीक्षा रोकिएका छन्।  विश्वविद्यालयमा अध्ययनरत २ हजार विद्यार्थीको भविष्य अन्योलमा परेको छ।


प्रकाशित: Aug 11, 2021| 13:22 बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्