बुधबार, मंसिर १७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सांग्रीला मोटर्सको प्युजो र सिट्रोन गाडी किन्न एभरेष्ट बैंकले कर्जा दिने

सांग्रीला मोटर्सको प्युजो र सिट्रोन गाडी किन्न एभरेष्ट बैंकले कर्जा दिने

 |  शनिबार, चैत ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ४, २०७९

National life
Laxmi sunrise bank
kumari

प्युजो र सिट्रोनको आधिकारिक विक्रेता सांग्रीला मोटोर्स प्राइभेट लिमिटेडले विक्री गर्दै आएको गाडीहरुमा एभरेष्ट बैंकले कर्जा दिने भएको छ। बैंक र सांग्रीला मोटोर्स बीच भएको सम्झौँता अनुसार अब प्युजो र सिट्रोनका गाडीहरुमा खरिद गर्ने ग्राहकहरुले एभरेष्ट बैंकबाट सहजै कर्जा लिन सक्नेछन्।

दुई संस्थाबीच भएको सम्झौतापत्रमा बैंकको तर्फबाट उपमहाप्रबन्धक गौरव कुमार र सांग्रीला मोटोर्स प्रा.लि.को तर्फबाट सहायक महाप्रबन्धक किरण श्रेष्ठले हस्ताक्षर गरेका हुन्। सम्झौतापछि प्युजो र सिट्रोनले उत्पादन गरेका गाडीहरुमा खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने जारी विज्ञप्तीमा उल्लेख छ। सम्झौताअनुसार योजना सबै एभरेष्ट बैंकका सबै शाखाहरूबाट ग्राहकहरूलाई गाडीको लागि सुलभ ऋण सुविधाहरू सजिलो उपलब्ध हुनेछ।

अहिले एभरेष्ट बैंकको देशभर रहेका एक सय २४ वटा शाखाबाट नै कर्जा सुबिधा ग्राहकले लिन सक्नेछन्। ऋणलाई नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशिका र निर्देशनहरूसँग समायोजन गरिएको छ। यो योजना सांग्रीला मोटोर्स प्राइभेट लिमिटेडको आधिकारिक ब्रिक्रेता र एभरेष्ट बैंकका सबै शाखाहरुबाट नेपाल भरी लागु हुनेछ।
 

प्रकाशित: Mar 18, 2023| 21:00 शनिबार, चैत ४, २०७९
प्रतिक्रिया दिनुहोस्