मंगलबार, वैशाख ३०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नागरिक लगानी कोषले मनायो ३३औं वार्षिकोत्सव, यस्तो छ आर्थिक अवस्था

नागरिक लगानी कोषले मनायो ३३औं वार्षिकोत्सव, यस्तो छ आर्थिक अवस्था

नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लगानी २ खर्ब ५ अर्ब ६९ करोड रुपैयाँ पुर्‍याएको छ।
 |  शनिबार, चैत ४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, चैत ४, २०७९

vianetvianet

काठमाडौं- नागरिक लगानीक कोषले शनिबार आफ्नो ३३औं वार्षिकोत्सव मनाएको छ। कोषको कार्यालयमा एक समारोह आयोजना गरी वार्षिकोत्सव मनाइएको हो।

triton college

कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले वार्षिकोत्वको दिन कोषलाई थप उचाइमा पुर्याउन प्रतीज्ञा गर्नुपर्ने बताए। कोषले बचत गर्ने र लगानी गर्ने अवसरका रुपमा लिएर अगाडि बढ्नुपर्ने उनले बताएका थिए। 

नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लगानी २ खर्ब ५ अर्ब ६९ करोड रुपैयाँ पुर्‍याएको छ। सोही अवधिमा कोषको खुद कोष मौज्दात रकम २ खर्ब ६ अर्ब १९ करोड रुपैयाँ पुगेको छ।

यो अवधिमा कोषले मुद्दती निक्षेपमा १ खर्च ०६ अर्ब २६ करोड रुपैयाँ, संगठित संस्थाको सेयर/धितोपत्रमा २८ अर्ब २६ करोड १३ लाख रुपैयाँ सहभागी सापटी तथा आवास कर्जामा ४५ अर्ब ९२ करोड १५ लाख र समयकालीन कर्जामा २२ अर्ब ६९ करोड ८० रुपैयाँ लगानी गरेको छ। नागरिक लगानी कोष ऐन, २०४७ अनुसार स्थापित कोषले २०४८ माघ १ देखि कारोबार सुरु गरेको हो।

मुलुकको आर्थिक विकासका लागि सर्वसाधारणलाई समेत बचत गर्न प्रोत्साहित गरी लगानीका अवसर बढाउन, अवकाश कोष तथा सामाजिक सुरक्षणका कार्यक्रम सञ्चालन गर्न र पुँजी बजार कारोबार गर्ने प्रमुख उद्देश्यले कोषको स्थापना भएको हो।

National life insurance

कोषको अधिकृत पुँजी  ८ अर्ब, जारी पुँजी ८ अर्ब, चुक्ता पुँजी ४ अर्ब २५ करोड १० लाख छ। उद्देश्य प्राप्तिका लागि कोषले सर्वसाधारण, विभिन्न संगठित संघसंस्थामा कार्यरत कर्मचारी/ कामदार तथा संगठित संघसंस्थाबाट समेत विभिन्न कार्यक्रमअन्तर्गत बचत संकलन गरी उक्त रकमलाई लगानी प्रबन्ध गर्दै आएको छ ।

हाल कोषको केन्द्रीय कार्यालय काठमाडौंमा छ भने पोखरा, विराटनगर, बुटवल अत्तरिया, सुर्खेतमा शाखा कार्यालयहरू छन्। कोषले दोस्रो बजारतर्फ सेयर तथा डिबेन्चरको खरिदबिक्री लगायतका पुँजी बजारको काम पनि गर्दै आएको छ। विदेशमा रहेका नेपालीबाट पनि बचत कार्यक्रममार्फत बचत संकलन गर्न सक्ने कोषको ऐनमा भएको प्रावधान अनुरूप सेवा विस्तार गरिसकेको जनाइएको छ।

कोषमा नेपाल सरकारको २३.३४ प्रतिशत, राष्ट्रिय बीमा संस्थानको ३१.५५ प्रतिशत, नेपाल स्टक एक्सचेन्जको १० प्रतिशत, अन्य बैंक तथा वित्तीय संस्थाको १५.११ प्रतिशत र सर्वसाधारणको २० प्रतिशत सेयर स्वामित्व छ। 

कोषका कर्मचारी बचत वृद्धि अवकाश कोष बीमा कोष, उपदान तथा पेन्सन कोष लगानीकर्ता हिसाब योजना, नागरिक एकांक योजना, नागरिक पेन्सन योजना, लगानी व्यवस्थापन, ब्रिज ग्याप लोन, सहभागी कर्जा परियोजना कर्जा, धितोपत्रमा लगानी जस्ता कार्यक्रम छन्।

प्रकाशित: Mar 18, 2023| 14:20 शनिबार, चैत ४, २०७९
प्रतिक्रिया दिनुहोस्