काठमाडौं–शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको अन्तर्राष्ट्रिय प्लास्टिक प्रदर्शनी आइतबार सकिएको छ । प्लास्ट नेपाल फाउन्डेसनद्वारा ‘प्लास्टिकलाई चिनौं’ भन्ने नाराका साथ प्रदर्शनी आयोजना गरिएको थियो ।
प्रदर्शनीमा करिब २० हजारले अवलोकन गरेको प्रदर्शनीका संयोजक विवेक तातेरले बताए । प्रर्दशनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी एक सय २५ उद्योग एवं वितरकको सहभागीता रहेको थियो ।
प्रदर्शनीमा पाँच करोड रुपैयाँसम्मका विभिन्न प्लास्टिकबाट बनेका दैनिक उपभोग्य वस्तुदेखि त्यस्ता वस्तु उत्पादन गर्ने कच्चा पदार्थ, मेसिन र नयाँ–नयाँ प्रविधिहरु राखिएको थियो ।
एक्सोमा ५० प्रतिशतभन्दा बढी भारतीय कम्पनीहरु सहभागीता थियो । प्रदर्शनीमा प्लास्टिकजन्य उत्पादनको प्रवद्र्धनका साथै उपभोक्तालाई प्लास्टिक बारे सचेतना जगाउने कार्य भएको संयोजक तातेरले जानकारी दिए । उनकाअनुसार प्रदर्शनीमा विभिन्न स्टलमार्फत उपभोक्ताले स्वदेशी तथा विदेशी उत्पादन बारे जानकारी पाएका थिए ।
प्रदर्शनी पहिलो पटक २०१४ मा भएको थियो ।
पछिल्लो समय फाउन्डेसनले ‘थ्री आर’रिड्युस, रियुज र रिसाइकल (न्यूनीकरण, पुनः प्रयोग र पुनर्नवीकरण) सिद्धान्तलाई मूल आधार बनाएर जनचेतना मूलक कार्यक्रम सञ्चालन गर्ने कार्यलाई अघि बढाइरहेको उनको भनाइ छ ।
सकियो अन्तर्राष्ट्रिय प्लास्टिक प्रदर्शनी

प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४