बिहीबार, फागुन २८, २०८२

डायबिटिजको लक्षण खुट्टामा पनि देखिन्छ

कुनै व्यक्तिको रगतमा ग्लूकोजको स्तर बढ्ने अवस्था नै डायबिटिज हो।
 |  बुधबार, फागुन २४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २४, २०७९

काठमाडौं- कुनै व्यक्तिको रगतमा ग्लूकोजको स्तर बढ्ने अवस्था नै डायबिटिज हो। अझ सरल भाषामा भन्नुपर्दा प्याङक्रियाजले इन्सुलिन उत्पादन गर्न सक्दैन या निकै कम मात्रामा उत्पादन गर्छ भने डायबिटिजको समस्या उत्पन्न हुन्छ। यो दुई खालको हुन्छ–टाइप १ र टाइप २।

National life

टाइप १ मा प्याङक्रियाजले इन्सुलिन नै उत्पादन गर्दैन भने टाइप २ मा निकै कम मात्रामा उत्पादन हुन्छ। अर्को खालको डायबिटिजलाई जेस्टेसनल डायबिटिज भनिन्छ, जुन महिलालाई गर्भावस्थाका क्रममा हुन्छ। यी तीनै खालका डाइबिटिजको साझा लक्षण भनेकै रगतमा ग्लूकोजको मात्रा बढी हुनु हो।

डायबिटिजबाट पीडितहरुमा विभिन्न समस्या देखा पर्छन्। जस्तो, डायबिटिक न्यूरोपेथी र पेरिफेरल भास्कुलर डिजिज।

डायबेटिक न्यूरोपेथीमा अनियन्त्रित डायबिटिजले नसालाई हानी पुर्‍याउँन सक्छ भने पेरिफेरल भास्कुलर डिजिजमा रगतको सञ्चार प्रभावित पार्छ, जसका कारण खुट्टामा विभिन्न समस्या देखापर्छन्।

थाहा पाऔं डायबिटिजका कारण खुट्टामा देखिने लक्षणः
 

Laxmi sunrise bank
kumari

दुख्ने, झम्झमाउने र सुन्निने

डायबिटिक न्यूरोपेथीमा नसाहरुमा क्षति पुग्छ। विशेषगरी पिडौला र पैतालाका नसामा क्षति पुग्छन्, जसबाट हात, खुट्टा दुख्ने, सुन्निने हुन्छ। यसका अलावा पाचन प्रणाली, मुत्रमार्ग, रक्तकोशिका र मुटुसम्बन्धी समस्या आउन सक्छन्। यद्यपि केही मानिसमा यसका लक्षणहरु हल्का रुपमा देखा पर्छन् भने केहीमा निकै पीडादायी हुन्छ।

पैतालामा अल्सर

सामान्यतः छालामा चोट लाग्ने या गहिरो घाउ बन्ने अवस्थालाई अल्सर भनिन्छ। डायबिटिक फुट अल्सर एक खुला घाउ हो र डायबिटिजका १५ प्रतिशत बिरामी यसबाट पीडित हुन्छन्। यस्तो घाउ पैतालामा हुन्छ। अवस्था हल्का छ भने सामान्य घाउ हुन्छ भने गम्भीर अवस्थामा घाउ भएको भाग नै काट्नुपर्ने अवस्था हुन्छ।

एथलेट फुट (खुट्टामा दाद)

डायबिटिजका कारण नसामा क्षति हुँदा दाद सिर्जना हुन्छ। एथलेट फुट एक खालको फंगल इन्फेक्सन हो, जसका कारण खुट्टा चिलाउने, रातो हुने र घाउ हुने समस्या हुन सक्छ। यो समस्या दुवै खुट्टामा पनि हुनसक्छ।

खुट्टाको नङमा फंगल इन्फेक्सन

डायबिटिजका बिरामीमा नङमा हुने फंगल इन्फेक्सन हुने खतरा बढी हुन्छ। सामान्यतः बुढीऔंलाको नङ प्रभावित हुन्छ र नङको रङ परिवर्तन हुन्छ। कतिपय अवस्थामा नङ झर्छ पनि। तर नङमा चोट लाग्दा पनि यसको रङ परिवर्तन हुन्छ।

गेंग्रीन

डायबिटिजले रक्तकोशिकालाई प्रभावित पार्छ, जसका कारण औंला र खुट्टामा रगत तथा अक्सिजनको आपूर्ति निकै कम या नभएबराबर हुन्छ। यस्तो अवस्थामा कोशिकाहरु मर्छन् र शरीरको उक्त भाग काट्नुपर्ने अवस्था आउन सक्छ।

प्रकाशित: Mar 08, 2023| 06:10 बुधबार, फागुन २४, २०७९
प्रतिक्रिया दिनुहोस्