काठमाडौं- छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को अनलाइन बुकिङ खुला भएको छ। चैत २ देख ६ गतेसम्म काठमाडौंमा हुने महोत्सवका लागि ‘खल्ती एप मार्फत टिकट बुकिङ गर्न सकिने पनि संस्थाका अध्यक्ष केपी पाठकले बताए।
यस पटक ‘निफ’का प्रतिस्पर्धी चलचित्र चारवटा सिनेमा हल मार्फत प्रदर्शन हुँदैछन्। क्यूएफएक्ससँगको संझौता अनुसार काठमाडौंको सिटी सेन्टर र छायाँ सेन्टर, पुलचोकको लविङ मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलमा प्रतिस्पर्धाी फिल्म प्रदर्शन हुनेछन्।
यस महोत्सवमा ३५ देशका ९५ प्रतियोगी चलचित्र प्रदर्शन हुने छन् भने ‘ओपनिङ फिल्म’को रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन हुने छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरु प्रदर्शन हुनेछन्।
कार्यक्रमको उद्घाटन सिभिल मल सुन्धारामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट हुने कार्यतालिका रहेको छ।