शुक्रबार, भदौ १२, २०८३

बजार तताउँदै श्रृंखला जोशीको 'सिड्नी झाने रेल' [भिडियोसहित]

अष्ट्रेलियाको सिड्नीमा रहेकी श्रृंखलाले सिड्नीमा पनि सुदूरपश्चिमको उपस्थिती बाक्लो देख्नुका साथै बुवा नन्दकृष्णको 'बम्बै झाने रेल' लाई रिमेक गरेर दुई साताअघि 'सिड्नी झाने रेल' म्युजिक भिडियो बजारमा ल्याएकी हुन्।
 |  शुक्रबार, फागुन १९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १९, २०७९

काठमाडौं- सुदूरपश्चिमका चर्चित गायक नन्दकृष्ण जोशीले कुनै समय सुदूरपश्चिमका नागरिकहरु रोजगारीका लागि भारतको बम्बै लगायतका शहर जाँदा खाली हुने यहाँका गाउँ बस्तीको पीडा र यर्थातलाई देउडा भाकामा पस्किएको दशकौं पछि उनकी छोरी श्रृंखला जोशीको 'सिड्नी झाने रेल' ले यतिबेला बजार तताएको छ।

अष्ट्रेलियाको सिड्नीमा रहेकी श्रृंखलाले सिड्नीमा पनि सुदूरपश्चिमको उपस्थिती बाक्लो देख्नुका साथै बुवा नन्दकृष्णको 'बम्बै झाने रेल' लाई रिमेक गरेर दुई साताअघि 'सिड्नी झाने रेल' म्युजिक भिडियो बजारमा ल्याएकी हुन्।

'सुदूरका नागरिक कर्मथलो बनाउने बम्बै अनि बुवाले गाउनुभएको बम्बै झाने रेललाई सिड्नी झाने रेलसम्म पुर्‍याए।' उनले भनिन्  'सिड्नीमा पनि सुदूरको झ–झल्को आउने गरी पश्चिमेली देखेपछि सिड्नीको रेल ल्याउन तल्लीन भए।'

नयाँ शैली र शब्द संयोजन गरेर ल्याएको आफ्ने गीतले देउडालाई थप परिचित गराएको उनको भनाई छ। 'गित/संगीत रमाइलो संगै संस्कृति जगेर्नाको महत्वपूर्ण पक्ष पनि हो।' उनले भनिन्, 'आफू जहाँ भएपनि आफ्नो संस्कृति जोगाइ राख्नुपर्छ भन्ने हो।'

रमन झाले निर्देशन गरेको उक्त गीतमा भुपेन्द्र सिंह र पुर्णिमा सिंह शाहीले अभिनय गरेको म्युजीक भिडियो अष्ट्रेलियाका विभिन्न शहरमा छायांकन भएको छ।

प्रकाशित: Mar 03, 2023| 20:01 शुक्रबार, फागुन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।