बिहीबार, फागुन २८, २०८२

मस्तिष्क मृत्यु भएकाबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

सवारी दुर्घटनामा परी मस्तिष्क मृत्यु भएकी युवतीबाट दुई पुरुषमा मिर्गौला प्रत्यारोपण गरिएको थियो भने अर्का पुरुषलाई कलेजो प्रत्यारोपण गरिएको हो।
 |  शुक्रबार, फागुन १९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १९, २०७९

काठमाडौं– सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई जनामा मिर्गौला र एक जनामा कलेजोको सफल प्रत्यारोपण गरिएको छ।

National life

शुक्रबार स्वास्थ्यमा आयोजित पत्रकारमा सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले एक व्यक्तिबाट प्राप्त अंगलाई तीन जनामा सफल प्रत्यारोपण भएको जानकारी दिएका हुन्।

‘गत मंगलबार सवारी दुर्घटनाबाट परी मस्तिष्क मृत्यु भएकी १७ वर्षीया युवतीबाट केन्द्र र भारतीय चिकित्सकको टोलीले तीन जनामा मृगौला र कलेजोको सफल प्रत्यारोपण गर्न सफल भएको छ’, उनले भने।

दुर्घटनामा परी मस्तिष्क मृत्यु भएकी ती युवतीबाट रुपन्देही मायादेवी गाउँपालिका–४ पविका ४७ वर्षीय पुरुष र सिराहाको सिराहा नगरपालिका–१ का ३५ वर्षीय पुरुषमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। ललितपुर महानगर–२५ का ६८ वर्षीय पुरुषलाई कलेजो प्रत्यारोपण गरिएको हो। 

केन्द्रले २८ वैशाख २०७४ देखि पहिलो पटक मस्तिष्क मृत व्यक्तिको अंगबाट प्रत्यारोपण सुरु गरेको थियो। हालसम्म केन्द्रमा पाँच जना व्यक्तिबाट अंग प्राप्त गरी १३ जनामा प्रत्यारोपण भएको डा. श्रेष्ठले बताए। 

Laxmi sunrise bank
kumari

उनका अनुसार हरेक वर्ष १ हजार जनाको मस्तिष्क मृत्यु हुने गर्छ तर न्यून संख्यामा अंगदान हुने गरेको छ। मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐनको पहिलो संशोधन, २०७२ अनुसार अस्पतालले समन्वय इकाइमार्फत केन्द्रलाई जानकारी दिनुपर्ने प्रावधान भए पनि अस्पतालले नदिने गरेको उनको भनाइ छ।

‘विश्वमा ८० प्रतिशत प्रत्यारोपण दुर्घटनामा परी मस्तिष्क मृत्यु भएकाबाट प्राप्त हुने गर्छ। तर नेपालमा अस्पतालले केन्द्रलाई जानकारी दिन हिचकिच्याउने र सर्वसाधारणमा यससम्बन्धी चेतना अभावका कारण दान गर्नेको संख्या न्यून  छ’, उनले भने ।

मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जनचेतना अभावका कारण अंग प्रत्यारोपणका लागि अंगदान गर्नेको संख्या बढ्न नसकेको बताए। उनले भने, ‘मस्तिष्क मृत्युपछि अंगदान गर्न सके अन्य रोग लागेका धेरै बिरामीको ज्यान बचाउन सकिन्छ। तर जनचेतना अभावका कारण अंगदान गर्नेको संख्या बढ्न सकेको छैन।’

कलेजो प्रत्यारोपणमा डा. रोशन घिमिरे, डा. ललितकुमार दास र भारतीय प्रत्यारोपण विशेषज्ञ चिकित्सकको सहभागिता थियो। मिर्गौला प्रत्यारोपणमा प्राडा. राकेशकुमार वर्मा, प्राडा. पवन चालिसे, डा. दीपेश श्रेष्ठ, डा. रविकिरण गौतम, डा. हरि बराल र डा. रोजन अधिकारीलगायत सर्जरीमा कार्यरत चिकित्सकको सहभागिता थियो। एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा र डा. रश्मित श्रेष्ठ सहभागी थिए।

प्रकाशित: Mar 03, 2023| 16:51 शुक्रबार, फागुन १९, २०७९
प्रतिक्रिया दिनुहोस्