मंगलबार, वैशाख ३०, २०८२

जसले स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरे

पुरस्कृत हुने स्वास्थ्यकर्मीमा नारायणी अस्पताल वीरगञ्जकी स्टाफ नर्स अन्जना श्रेष्ठ, कोशी अस्पताल विराटनगरका जनस्वास्थ्य निरीक्षक गजेन्द्रप्रसाद यादव, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका वरिष्ठ कन्सलटेन्ट डा. मुनकर्ण थापा र उपचारात्मक महाशाखाकी डा. पोमावती थापा छन्।
 |  सोमबार, फागुन १५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १५, २०७९

vianetvianet

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा दिवस अवसरमा ५ जना स्वास्थ्यकर्मीलाई पुरस्कृत गर्‍यो। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ कन्सलटेन्ट सर्जन डा. प्रकाश क्षेत्रीलाई यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ भने अन्य ४ जनाले स्वास्थ्य सेवा पुरस्कार पाएका छन्।

triton college

स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका कर्मचारीलाई मन्त्रालयले पुरस्कृत गरेको हो। अन्य चार जनामध्ये नारायणी अस्पताल वीरगञ्जकी स्टाफ नर्स अन्जना श्रेष्ठ, कोशी अस्पताल विराटनगरका जनस्वास्थ्य निरीक्षक गजेन्द्रप्रसाद यादव, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका वरिष्ठ कन्सलटेन्ट डा. मुनकर्ण थापा र उपचारात्मक महाशाखाकी डा. पोमावती थापा छन्। उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारमा १ लाख रुपैयाँ र ताम्रपत्र छ भने अन्य ४ जनालाई जनही ५० हजार र ताम्रपत्र पुरस्कारस्वरूप प्रदान गरिएको छ।

पुरस्कार छनोटका लागि स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा संगीत कौशल मिश्रको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो। पुरस्कृत स्वास्थ्यकर्मीले यस किसिमको पुरस्कारले कामप्रति थप जिम्मेवार महसुस गराएको र हौसला मिलेको प्रतिक्रिया दिएका छन्।

यी हुन् पुरस्कृत ५ जना स्वास्थ्यकर्मी
काठमाडौं बाहिर मृगौला प्रत्यारोपणमा साहसी डा. प्रकाश क्षेत्री

यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवाबाट पुरस्कृत वरिष्ठ कन्सलटेन्ट सर्जन, युरोलोजी विशेषज्ञ डा. प्रकाश क्षेत्री हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छन्। २०६४ देखि स्वास्थ्य सेवामा मेडिकल अधिकृतका रुपमा प्रवेश गरेका डा. क्षेत्रीले विभिन्न दुर्गम जिल्लामा काम गरिसकेका छन्। 

उनले मेडिकल अधिकृतका रुपमा डडेलधुराको जोगबुडा प्राथमिक स्वास्थ्य केन्द्र र डडेलधुरा जिल्ला अस्पतालमा सात वर्ष सेवा गरेका थिए। जनरल सर्जनका रुपमा सेती अस्पताल धनगढीमा काम गरेका उनी वीर अस्पतालबाट युरोलोजीमा एमसीएच प्राप्त गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा गर्न पुगेका हुन्।

National life insurance

पोखरामा उनले विशिष्टीीकृत युरोलोजी सेवा प्रदान गरिरहेका छन्। काठमाडौंबाहिर मृगौला प्रत्यारोपण सुरु गर्न उनको भूमिका महत्त्वपूर्ण मानिन्छ। डा. क्षेत्रीले यस वर्ष असारदेखि सहिद धर्मभक्त प्रत्यारोपण केन्द्रको सहयोगमा प्रत्यारोपण थालनी गरी  सफलतापूर्वक सेवा दिँदै आएका छन्। 

मातृशिशु कम गर्न रातबिरात खटिएकी अन्जना श्रेष्ठ
नर्स अन्जना श्रेष्ठले उत्कृष्ट काम गरेबापत यस जर्षको स्वास्थ्य सेवा पुरस्कार पाइन्। २०६३ देखि नर्सिङ नारायणी अस्पताल वीरगञ्जमा स्टाफ नर्सको रुपमा विभिन्न वार्डमा काम गरेकी श्रेष्ठ एसबीए प्रशिक्षकका रुपमा पर्साका गाउँपालिका र नगरपालिकाको स्वास्थ्य चौकीमा गई मातृशिशुदर कम गर्न सीप प्रदान गर्ने कार्यमा अहोरात्र खटिएकी थिइन्। भूकम्प तथा अन्य जुनसुकै आपतकालीन अवस्थामा पनि व्यवस्थापकीय भूमिका निर्वाह गरेकी श्रेष्ठले कोभिड महामारीमा समाज र व्यक्तिको सेवा र जीवनरक्षामा अतुलनीय योगदान गरेकी थिइन्।

खोटाङमा बर्थिङ सेन्टर स्थापना गर्ने गजेन्द्रप्रसाद यादव 
यस वर्षको स्वास्थ्य सेवा पुरस्कार पाउने अर्का व्यक्ति स्वास्थ्यकर्मी हुन्, गजेन्द्रप्रसाद यादव। २०६३ देखि स्वास्थ्य सेवामा हेल्थ असिस्टेन्टका रुपमा काम गर्दै आएका यादव हाल जनस्वास्थ्य अधिकृतका रुपमा केशी अस्पतालमा कार्यरत छन्। उनले अति दुर्गम खोटाङको स्वास्थ्य चौकीबाट सेवा गरेका थिए। सो क्रममा उनले त्यहाँ बर्थिङ सेन्टर स्थापना र ल्याब सेवा सञ्चालन गरेका थिए।

१६ वर्षदेखि उनले सुनसरीको इनरुवा र गढी गाउँपालिकामा काम गरिरहेका छन्। नियमित कामबाहेक उनले इनरुवामा सर्पदंश उपचार र विष सेवन गरेकाको आकस्मिक उपचार सेवामा विशेष भूमिका वहन गरिरहेका गरिरहेका छन्। समायोजनपछि कोशी अस्पतालको इमर्जेन्सी विभाग प्रमुखका रुमपा काम गरिहेका यादवले कोभिड समय अस्पतालमा आइसोलेसन सञ्चालन, बेड विस्तार, केश व्यवस्थापन र खोप सञ्चालनमा विशेष भूमिका वहन गरेका छन्। 

आधा समय विकटमा बिताएका डा. मुनकर्ण थापा 
डा. मुनकर्ण थापा हाल वरिष्ठ कन्सलटेन्ट हुन्। थापा आयुर्वेदविज्ञका रुपमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा कार्यरत छन्। २०४४ मा सेवा प्रवेश गरी ३५ वर्ष विभिन्न भौगोलिक क्षेत्रमा थापाले स्वास्थ्य सेवा प्रदान गरेका छन्। उनले १६ वर्ष दुर्गम जिल्ला दोलखा, ओखलढुंगा, सिन्धुपाल्चोक, नुवाकोट, सिन्धुली र धादिङमा सेवा प्रदान गरे।

नोकरी अवधिको झन्डै आधा समय विकट क्षेत्रमा सेवा पुर्‍याए। २०४५ पूर्वाञ्चलमा गएको भूकम्प, २०५२ को भूकम्पमा उनले पीडितको उद्धार, उपचार र पुनस्र्थापनामा महत्त्वपूर्ण योगदान गरेका थिए। कोभिडको समय कोभिड रोकथाम, पहिचान र उपचारका लागि सुदूरपश्चिम प्रदेशमा महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विभिन्न कार्यदलमा रही संगठन संरचना, जनशक्ति प्रक्षेपण, उपचार प्रोटोकल निर्माणलगायत नीतिगत मार्गदर्शन गरेका थिए। 

कपिलवस्तुमा पहिलो पटक शल्यक्रियामार्फत सुत्केरी गराउने डा. पोमावती थापा 
डा. पोमावती थापा हाल वरिष्ठ कन्सल्टेन्ट मेडिकल जनरलिस्टका रुपमा उपचारात्मक महाशाखामा कार्यरत छन्। उनले यस वर्षको स्वास्थ्य सेवा पुरस्कार पाउन सफल भएकी छन्। थापा २०५१ मा मेडिकल अधिकृतका रुपमा सेवा प्रवेश गरेकी हुन्। भक्तपुर अस्पतालको आकस्मिक विभागबाट सेवा आरम्भ गरी कपिलवस्तुको जिल्ला अस्पतालमा पहिलो पटक शल्यक्रियामार्फत सुत्केरी सेवा सुरुआत गराएकी थिइन्।

भक्तपुर अस्पतालको इमर्जेन्सी प्रमुख भई दुई वर्ष सेवा गरेकी उनले त्यसपछि चौतारा अस्पताल सिन्धुपाल्चोकमा अस्पताल प्रमुख भई कम गरिन्। उनले दुर्गम स्थानका स्वास्थ्य संस्था सुदृढीकरणका लागि विशेष पहल गरेकी थिइन्। २०७६ देखि हालसम्म उपचारात्मक सेवा महाशाखामा रही आधारभूत र आकस्मिक सेवा व्यवस्थापन शाखाको प्रमुखका रुपमा कार्यरत उनले विभिन्न निर्देशिका निर्माण, नीति संवाद, कोभिड व्यवस्थापनमा समन्वयका साथै गुणस्तरीय सेवाका लागि एमएमएस कार्यक्रम चलाउन विशेष योगदान पुर्‍याएकी छन्। 
 

प्रकाशित: Feb 27, 2023| 17:21 सोमबार, फागुन १५, २०७९
प्रतिक्रिया दिनुहोस्