आइतबार, जेठ ३, २०८३

नेशनल लाइफ इन्स्योरेन्स ३६ औं वर्षमा

कम्पनीले आफ्नो ३६ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

काठमाडौं- नेशनल लाइफ इन्स्योरेन्स कम्पनी बुधबार ३६ औं वर्षमा प्रवेश गरेको छ।

National life

कम्पनीले आफ्नो ३६ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ। वार्षिकोत्सवको अवसरमा कम्पनीको केन्द्रीय कार्यालयमा विशेष रक्तदान कार्यक्रम संचालन गरिएको छ, जसमा ५० भन्दा बढी कम्पनी कर्मचारीहरुको सहभागिता रहेको थियो। देशभरमा ३४ वटा बाल र बृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम आयोजना समेत सम्पन्न गरिएको छ। यसैगरी कर्मचारीहरु माझ विभिन्न खेलकुद कार्यक्रमसमेत सम्पन्न गरिएको छ। 

नेपालको अग्रणी जीवन बीमा कम्पनीको रुपमा स्थापित कम्पनीले विगत वर्ष सरह चालु वर्षमा राम्रो ब्यवसायिक प्रगति गरेको छ। संस्थापक समूह र सर्वसाधारण समूहको ५५ः४५ को अनुपात रहेको कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफावाट कम्पनीले शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश पारित गरी साधारण सभा सम्पन्न गरिसकेको छ। 

कम्पनीको जीवन बीमा कोषमा रु.५६ अर्बको हाराहारीमा रकम जम्मा भएको छ। आर्थिक वर्ष २०७७/०७८ बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड रुपैयाँ रहेको छ। कम्पनीले आफ्ना बीमितहरुलाई उत्कृष्ट बोनस दर प्रदान गर्दै आएको छ। आ.व.२०७७/०७८ को बीमाङ्कीय मूल्याङ्कन पश्चात बीमितलाई न्यूनतम प्रति हजार ६३ रुपैयाँ देखि अधिकतम् प्रति हजार ८५ रुपैयाँ सम्म प्रदान गरेको छ।


प्रकाशित: Feb 22, 2023| 18:00 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्