झापामा एक युवकले गरे आत्मदाह प्रयासझापाको बिर्तामोडमा एक युवकले आत्मदाहको प्रयास गरेका छन्। बिर्तामोडको मुक्तिचोकमा मंगलबार अपराह्न ४ बजे शरीरमा पेट्रोल छर्किएर विजय चौधरीले आत्मदाहको प्रयास गरेका हुन्।
बिर्तामोड-७ निवासी ३४ वर्षीय चौधरी बीएण्डसी हस्पिटलमा चालकको काम गर्थे। उनी अस्पताल मालिक दुर्गा प्रसाईंको व्यक्तिगत सहयोगी पनि थिए। तर, केही महिनादेखि उनी बेरोजगार रहेको बताइएको छ।
घटनापछि चौधरीलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएको छ। उनको शरीरको पछाडिको भाग १५ देखि २० प्रतिशत जलेको बताइएको छ।