बिहीबार, कात्तिक ६, २०८२

बागमती प्रदेशसभाको बैठक बुधबार बस्ने

बैठकको लागि कार्यसूची तयार गर्न सोही दिन बिहान ११ बजे प्रदेशसभा सचिवालयमा कार्यपरामर्श समितिको सर्वदलीय बैठक बस्ने भएको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।
 |  सोमबार, फागुन ८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ८, २०७९
Kumaribank
Metro Mart

मकवानपुर-  बागमती प्रदेशसभाको बैठक यही फागुन १० गते बुधबार अपराह्न २ बजे बस्न आह्वान गरिएको प्रदेशसभा सचिवालयले आज जनाएको छ।

बैठकको लागि कार्यसूची तयार गर्न सोही दिन बिहान ११ बजे प्रदेशसभा सचिवालयमा कार्यपरामर्श समितिको सर्वदलीय बैठक बस्ने भएको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।

बागमती प्रदेशसभा सचिवालयमा दुई विधेयक आज दर्ता गरिएको सचिवालयले जनाएको छ। उक्त सचिवालयमा दर्ता गरिएको विधेयकमध्ये प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ र स्थानीय तहका सेवाको गठन, सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ रहेको सो सचिवालयका प्रवक्ता मनोजकुमार गप्ताले जानकारी दिए। 


प्रकाशित: Feb 20, 2023| 21:45 सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।