आइतबार, भदौ १४, २०८३

ट्याक्टर दुर्घटनामा चालक र सहचालकको मृत्यु

मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नगरपालिका–२ धुर्कोटका ३२ वर्षीय नवीन सुनार (चालक) र वालिङ नगरपालिका–८ मिर्दीका १४ वर्षिय सोबिन विक (सहचालक) छन्।
 |  सोमबार, फागुन ८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ८, २०७९

स्याङ्जाको वालिङ नगरपालिका–६ आम्डालीस्थित भित्रि सडक खण्डमा भएको ट्याक्टर दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नगरपालिका–२ धुर्कोटका ३२ वर्षीय नवीन सुनार (चालक) र वालिङ नगरपालिका–८ मिर्दीका १४ वर्षिय सोबिन विक (सहचालक) छन्।

आइतबार राति ८ बजे ग १ त ६८८६ नम्बरको ट्याक्टर ढुंगा लिएर जगतभन्ज्याङबाट मिर्दीतर्फ आउने क्रममा एक्कासि अनियन्त्रित भई १५ मिटर तल खसेको थियो। घाइते नवीनको टाउको र ढाडमा चोट लागेको थियो भने सोबिनको टाउको र दायाँ खुट्टामा चोट लागेको थियो। दुवै जनालाई प्रथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचार गरिएको थियो। उपचारको क्रममा चालक सुनारलाई राति साढे ९ बजे डाक्टरले मृत घोषण गरेका थिए।

सामान्य उपचारपछि थप उपचारको लागि सहचालक विकलाई राति नै पोखरास्थित गण्डकी मेडिकल कलेज रिफर गरिएको थियो। उपचारका क्रममा उनलाई पनि राति नै मृत घोषण गरिएको थियो।


प्रकाशित: Feb 20, 2023| 12:24 सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।