अहिले करिब १० हजार विभिन्न प्रकारका भाइरस ‘मौन रुपमा’ जंगली स्तनपायी जनावरहरुमाझ विस्तार भइरहेका छन्। हाल उष्ण वनका गहिराइमा सीमित ती भाइरसले मानिसको सम्पर्कमा आए जोखिमपूर्ण उत्परिवर्तन गर्न सक्छन्।
नेपाल वायुसेवा सञ्चालक संघले बुधबारदेखि गर्ने भनेको हवाई सेवा बन्दको निर्णय फिर्ता लिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको छलफल पछि संघ आन्दोलनको कार्यक्रम फिर्ता लिन सहमत भएको हो।
अग्नि नियन्त्रकहरूले सुरक्षा उपकरण, आधुनिक तालिम, सम्मानजनक पारिश्रमिक, तह अनुसारको दर्ज्यानी चिह्न अंकित पोसाकलगायतको व्यवस्था गर्न ११ बुँदे माग गरेका छन्।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ ६२ पैसा र बिक्री दर १२५...
अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ। बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ।
सामुदायिक वन क्षेत्रमा रहेका रुख कटानका लागि सम्बन्धित वन उपभोक्ता समिति, राष्ट्रिय वन क्षेत्रका लागि डिभिजन वन र निकुञ्ज क्षेत्रका रुख कटानका लागि वार्डेन कार्यालयले कटान प्रक्रिया सुरु गर्नेछन्। प्रसारणलाइन...
भियतनाममा पेट्रोलियम पदार्थको मूल्य ६ महिनामा १२ पटक वृद्धि भएको छ। सन् २०२२ को अहिलेसम्म ६ पटक मूल्य वृद्धि भइसकेको अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन्।
गत आर्थिक वर्षको सोही अवधिमा रु १२ खर्ब ६२ अर्ब ११ करोड बराबर व्यापार घाटा रहेको थियो। गत आवको सोही अवधिको तुलनामा चालु आवमा २५ प्रतिशतले व्यापार घाटा बढेको हो।...
पोल्याण्डको सत्तारुढ दल 'कानुन तथा न्याय पार्टी'का एक शीर्ष नेताले पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। पार्टीका प्रभावशाली नेता जारोस्लाव कास्जीन्स्कीले आफ्नै पार्टी नेतृत्वको सरकारको उपप्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन्।
बेलायतमा रेलवे कामदारका नेटवर्कले तीन दशकभन्दा धेरै समययताको ठूलो हडताल सुरु गरेका छन्। रेलका यात्रुको भीडले मंगलबार अराजकताको सामना गर्न सक्ने बताइएको छ।
संसद्मा बहुमत गुमाउनु भएका फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले विपक्षीसँग छलफल थालेका छन्। संसदीय निर्वाचनपछि आफ्नो बहुमत गुमेपछि उत्पन्न राजनीतिक संकट समाधानका बारेमा उहाँले विपक्षीहरूसँग छलफल गरेका हुन्।
काठमाडौं उपत्यकामा खानेपानीको समस्या समाधानका लागि वैकल्पिकरूपमा मकवानपुरस्थित सिस्नेरी खोलाको पानी आपूर्ति गर्ने आयोजनाको पूर्व सम्भाव्यता अध्ययन सकिएको छ।
आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई केन्द्रित गरी प्रकाशन गर्न लागिएको उक्त मुखपत्रलाई देशभर रहेका सङ्गठनमार्फत जनतालाई वितरण गरिने लक्ष्य राखिएको छ।
वायुसेवा सञ्चालक संघले मंगलबार पत्रकार सम्मेलन गर्दै बुधबारबाट लागू हुने गरी आन्तरिक हवाई सेवा बन्द गर्ने चेतावनी दिएको थियो। मंगलबार बिहान उक्त आन्दोलनमा बुद्ध एयरले पनि एक्यबद्धता जनाएको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार सूचना जारी गर्दै हेलिकोप्टर सेवा प्रदायकले असार ७ गतेदेखि र हवाइजहाज सेवा प्रदायकले असार १३ गतेदेखि रात्रीकालीन विश्राम उपत्यकाबाहिरका तोकिएका विमानस्थलमा गर्नुपर्ने व्यवस्था गरेको थियो।...