सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उडान बन्दको कार्यक्रम फिर्ता, वार्ताबाट समाधान खोजिने

उडान बन्दको कार्यक्रम फिर्ता, वार्ताबाट समाधान खोजिने

नेपाल वायुसेवा सञ्चालक संघले बुधबारदेखि गर्ने भनेको हवाई सेवा बन्दको निर्णय फिर्ता लिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको छलफल पछि संघ आन्दोलनको कार्यक्रम फिर्ता लिन सहमत भएको हो।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

काठमाडौं- नेपाल वायुसेवा सञ्चालक संघले बुधबारदेखि गर्ने भनेको हवाई सेवा बन्दको निर्णय फिर्ता लिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको छलफल पछि संघ आन्दोलनको कार्यक्रम फिर्ता लिन सहमत भएको हो।

National life

वार्ताबाटै समस्या समाधान गर्ने सहमति भएका कारण बुधबार उडान बन्द नहुने संघका प्रवक्ता योगराज कँडेलले बताए।

‘वार्तामा सहज वातावरण बनेको छ। उडान बन्दको कार्यक्रम फिर्ता भएको छ। अब बुधबार उडान बन्द हुँदैन,’ उनले भने, ‘हामी वार्तामा नै छौं। पूर्ण सहमति भएको छैन। भोलि १२ बजे पुनः बस्ने सहमतिका साथ आजको छलफल सकियो।'

नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई दिनअघि विभिन्न कम्पनीका ५५ वटा विमान र हेलिकोप्टरले रातिको समयमा काठमाडौंबाहिर तोकिएका आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने निर्णय गरेको थियो। उक्त निर्णयको विरोधमा संघले मंगलबार पत्रकार सम्मेलन गरेर बुधबारदेखि आन्तरिक उडान नगर्ने घोषणा गरेको थियो। संघले आफूसँग आबद्ध कम्पनीले आपत्कालीन उद्धारसमेत नगर्ने चेतावनी दिएको थियो।

प्राधिकरणले असार ५ गते हेलिकोप्टर कम्पनीले असार ७ र हवाईजहाज सञ्चालक कम्पनीले असार १३ गतेदेखि तोकिएको आधार (अपरेटिङ बेस) विमानस्थलमा रातको समयमा पार्किङ गरी पहिलो उडान सोही विमानस्थलबाट गर्नुपर्ने निर्णय गरेको थियो।

Shivam cement

वायुसेवा सञ्चालकहरूले उडान अवरुद्ध गरे हडताल गर्नेलाई अत्यावश्यक सेवा ऐनअन्तर्गत धरपकड गर्ने र वायुसेवाको इजाजत खारेज गर्नेसम्मको चेतावनी सरकारले दिएको थियो।

यहीबीच प्रधानमन्त्री शेरबहादुर देउवाले पर्यटनमन्त्री प्रेम आले र प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग बालुवाटारमा भेट गरी वायुसेवाको हडतालबारे छलफल गरेका थिए।

हवाई सेवा हडताल निषेधित क्षेत्र भएकाले कानुनअनुसार अघि बढ्न प्रधानमन्त्रीले निर्देशन दिएका थिए। सरकारले हडताल गर्ने वायुसेवाको इजाजत खारेज गर्ने र हडताल गर्नेलाई पक्राउ गरी कानुनी कारबाही गर्नेसम्मको तयारी गरेपछि वायुसेवा सञ्चालक हडतालको कार्यक्रमबाट पछि हटेको बताइएको छ।

प्रकाशित: Jun 22, 2022| 07:20 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्