सोमबार, असार ८, २०८३

उडान बन्द गर्ने आन्दोलनमा बुद्ध एयर सहभागी नहुने

वायुसेवा सञ्‍चालक संघले मंगलबार पत्रकार सम्मेलन गर्दै बुधबारबाट लागू हुने गरी आन्तरिक हवाई सेवा बन्द गर्ने चेतावनी दिएको थियो। मंगलबार बिहान उक्त आन्दोलनमा बुद्ध एयरले पनि एक्यबद्धता जनाएको थियो।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

काठमाडौं- बुधबारदेखि हवाई उडान बन्द गर्ने 'वायुसेवा सञ्चालक संघ'को आन्दोलनमा बुद्ध एयर सहभागी नहुने भएको छ। वायुसेवा सञ्‍चालक संघले मंगलबार पत्रकार सम्मेलन गर्दै बुधबारबाट लागू हुने गरी आन्तरिक हवाई सेवा बन्द गर्ने चेतावनी दिएको थियो। मंगलबार बिहान उक्त आन्दोलनमा बुद्ध एयरले पनि एक्यबद्धता जनाएको थियो। 

National life

तर, मंगलबार राति नागरिक उड्डयन प्राधिकरणले हवाई उडान अत्यावश्यक सेवा अन्तर्गत पर्ने भएकोले उडान स्थगित नगर्न सूचना जारी गरेको थियो। उक्त सूचनापछि बुद्ध एयरले नियमित उडान जारी राख्‍ने जनाएको हो। 

बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्‍नेतले भने, 'बुधबार नियमित उडान हुन्छ।' बुद्धले काठमाडौंलगायत देशभरका विमानस्थलबाट करिब दैनिक १४० आन्तरिक उडान गर्छ।

बुद्ध एयरबाहेक आन्तरिक उडानमा तारा, यति, श्री, सौर्य, गुण गरी नौ वटा वायु सेवा छन्। काठमाडौंबाट हुने ३ सय हाराहारी उडानमा बुद्ध एयरको करिब ६० प्रतिशत हिस्सा छ।

‘वायुसेवा सञ्चालक संघ’ले भने पर्याप्त भौतिक पूर्वाधारबिना एकपक्षीय ढंगले १९ वटा वायुसेवा कम्पनीका ९० वटा जहाज र हेलिकोप्टरमध्ये ४३ वटालाई काठमाडौं बाहिर स्थानान्तरण गर्ने निर्णयको विरोध गर्दै बुधबारदेखि आन्तरिक तर्फका नियमित र चार्टर हेलिकोप्टर उडान अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिएको थियो।

Shivam cement

प्राधिकरणले भने एक विज्ञप्ति जारी गर्दै हवाई सेवा अवरोध नगर्न सूचना जारी गरेको हो। विज्ञप्तिमा भनिएको छ, 'नेपाल सरकारले आवश्यक सेवा सञ्‍चालन ऐन, २०१४ अन्तर्गत हवाई सेवामा समेत हड्ताल गर्न निषेध गर्ने गरी २०७९ जेठ २६ गते नेपाल राजपत्रमा प्रकाशन गरी आदेश जारी गरेको विद्यमान अवस्थामा हवाई सेवा स्थगनको घोषणा गरिनु स्वयं गैरकानुनी रहेको स्मरण गराइन्छ। तसर्थ हवाई सेवा निर्वाधरुपमा सञ्‍चालन गर्न-गराउन हुन सूचित गरिन्छ। साथै कानुन कार्यान्वयनसँग सम्बन्धित गुनासोका विषयमा छलफल/वार्ताद्वारा निष्कर्षमा पुग्‍न सकिने व्यहोरा जानकारी गराइन्छ।'

प्रकाशित: Jun 21, 2022| 22:40 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्