आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वायुसेवा सञ्चालक संघले फिर्ता लियो उडान बन्दको कार्यक्रम

वायुसेवा सञ्चालक संघले फिर्ता लियो उडान बन्दको कार्यक्रम

 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

काठमाडौं- नेपाल वायुसेवा सञ्चालक संघले बुधबारदेखि गर्ने भनेको हवाई सेवा बन्दको निर्णय फिर्ता लिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणसंगको छलफल पछि संघ आन्दोलनको कार्यक्रम फिर्ता लिन सहमत भएको हो।

वार्ताबाटै समस्या समाधान गर्ने सहमति भएका कारण बुधबार उडान बन्द नहुने संघका प्रवक्ता योगराज कँडेलले बताए।

‘वार्तामा सहज वातावरण बनेको छ। उडान बन्दको कार्यक्रम फिर्ता भएको छ। अब बुधबार उडान बन्द हुँदैन,’ उनले भने, ‘हामी वार्तामा नै छौं। पूर्ण सहमति भएको छैन। भोलि १२ बजे पुनः बस्ने सहमतिका साथ आजको छलफल सकियो।'

प्रकाशित: Jun 22, 2022| 00:04 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्