सोमबार, भदौ १५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

साफ च्याम्पियनसिप फुटबल भारतमा हुने

अघिल्लो संस्करणको साफो विजेता पनि भारत नै रहेको छ। उसले फाइनलमा नेपाललाई हराउँदै उपाधि जितेको थियो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग खोजियो गृहमन्त्री

गृहमन्त्री नियुक्त नगरिँदा मुलुकमा शान्ति–सुरक्षामाथि चुनौती देखिन थालेको दाबीसहित सांसदहरूले प्रधानमन्त्री प्रचण्डसँग यसबारे सोधीखोजी गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

नयाँ संसद्‍मा प्रवेश गराइँदै चोलेन्द्रविरुद्धको महाभियोग प्रस्ताव

चोलेन्द्र सेवानिवृत्त भएपछि नयाँ संसद्ले उनीमाथि लागेको महाभियोग प्रस्ताव टुंग्याउन हुने/नहुने विषयमा राजनीतिक दल र कानुनविद् दुई कित्तामा बाँडिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

माघमा आन्तरिक राजस्व असुली लक्ष्यभन्दा कम

साउनदेखि माघसम्म ३ खर्ब २० अर्ब राजस्व संकलनको लक्ष्य लिए पनि २ खर्ब ५२ अर्ब रुपैयाँ मात्रै संकलन भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

स्पट फिक्सिङ प्रकरणमा १२ जनालाई मुद्दा चलाउन सिफारिस, के हुन्छ सजाय?

वकिल कार्यालयले अध्ययन गरेर मुद्दा दायर गर्नेछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको प्रतियोगितामा स्पट फिक्सिङ भएको आशंकामा सीआईबीले अनुसन्धान गरेको थियो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

संसद्‍मा प्रश्न- बलात्कार आरोपीलाई राष्ट्रको प्रतिनिधि बनाउन कुन नैतिकताले दियो?

नाबालिक बलात्कार मुद्दा लागेका सन्दीप २० लाख धरौटीमा छुटेका हुन्। क्यानले निलम्बन फुकुवा गरेपछि उनी अहिले त्रिवि मैदानमा अन्तर्राष्ट्रिय म्याच खेलिरहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

प्रेम आचार्यको घर पुगेर फर्केपछि विश्वप्रकाशले भने- आत्महत्या रोक्न परिवेश परिवर्तन गर्नुपर्छ

सभामुख महोदयमार्फत म सरकारको ध्यानाकर्षण गराउँदै दलहरु, मिडिया र समाजलाई विनम्र अपील गर्दछु!'
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

नामिबियासँग स्कटल्यान्डले पायो १५४ रनको मध्यम लक्ष्य

खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ३९ ओभर दुई बलमा सबै विकेट गुमाएर १५३ रन बनाएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

पाइनै छाडे दोदामा माछा

वर्षात्मा धानका खेतमै थुप्रै माछाका पाइने गरेका थिए। खेतकै आलीमा परम्परागत रूपमा बनाइएका पाहाउ, वरेरुवा, खोङग्या लगाएर माछा पक्रने गरिन्थ्यो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

सुनको मूल्य प्रतितोला २०० ले घट्यो

अघिल्लो दिन प्रतितोला १ लाख ३ हजार ८०० मा कारोबार भएको सुनको मूल्य आज १ लाख ३ हजार ६०० तोकिएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

नयाँ वर्षमा भिड्दैछन् पाँच नेपाली चलचित्र

आउँदो नयाँ वर्षमा पाँच चलचित्रले प्रदर्शनको मिति तय गरेका छन्। ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’, ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ले प्रदर्शनको मिति घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

प्रतिनिधिसभामा उठ्यो बालाजु लुटपाट घटना

माओवादी निकट यातायात मजदुरका नाममा बसपार्कभित्र गरिएको डकैतीमा सरकार रमिते बनेको कांग्रेस आरोप।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

दुई दिनमा १४ भेटघाट सकेर बंगलादेश प्रस्थान गरे क्वात्रा

दुई दिनमा उनले राष्ट्रपति, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीलगायत १४ जना राजनीतिकर्मीलाई भेटेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

टर्कीका भूकम्पपीडितलाई महासंघको राहत सामग्री

महासंघले भूकम्प प्रभावित क्षेत्रमा पठाउन गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको त्रिभुवन विमानस्थलस्थित मानवीय सहायता स्थललाई सहायता सामग्री हस्तान्तरण गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

बीजेपीले सार्वजनिक गर्‍यो चन्दा रकम, कंग्रेसको भन्दा कैयौं गुणा बढी

कंग्रेस आईले ९५ करोड भारु प्राप्त गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

जोमसोमबाट पोखरा जाँदै गरेको बस पल्टियो, १७ घाइते

ना७ख ७४४० नम्बरको उक्त बस बुधबार बिहान साढे ८ बजेतिर लेतेको धम्पुसस्थित सडकबाट बस ४० मिटर तल कालीगण्डकी नदीमा खसेको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

भूकम्पको ८ दिनपछि टर्कीमा ७ जनाको जिवितै उद्धार

भूकम्पबाट टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या ४१ हजार नाघेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

अध्यादेशबाट नियुक्त ५२ संवैधानिक पदाधिकारीविरुद्धको रिटमाथि अन्तिम सुनुवाइ हुँदै

तत्कालीन प्रधानमन्त्री ओलीले विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्त गर्न संवैधानिक परिषद्को बैठक डाके पनि असफल भएपछि अध्यादेशमार्फत एमाले निकटहरुलाई नियुक्त गरेको दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९