शुक्रबार, फागुन १, २०८२

साफ च्याम्पियनसिप फुटबल भारतमा हुने

अघिल्लो संस्करणको साफो विजेता पनि भारत नै रहेको छ। उसले फाइनलमा नेपाललाई हराउँदै उपाधि जितेको थियो।
 |  बुधबार, फागुन ३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३, २०७९

काठमाडौं– दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियागिता साफ च्याम्पियनसिप भारतमा आयोजना हुने भएको छ। साफ कमिटीको भर्चुअल बैठकले यो प्रतियोगिताको आयोजना भारतमा गर्ने निर्णय गरेको हो।

National life

त्यस्तै बैठकले स्पोर्टस पार्टनर इन्टरनेसनललाई प्रतियोगिताको मार्केटिङ र कमर्सियल पार्टनरका रुपमा राख्ने निर्णय गरेको छ। साफले गएको डिसेम्बर १३ मा प्रतियोगिता आयोजनाको लागि बिड गर्नका लागि सबै देशलाई अनुरोध गरेको थियो।

त्यसमा नेपालले पनि इच्छा देखाएको थियो। यता पहिलेको ऋण तिन बाँकी रहेका कारण माल्दिभ्सले आयोजना गर्न पाएको थिएन भने सुरक्षाका कारण पाकिस्तानमा आयोजना हुन नसक्ने अवस्था थियो।

त्यस्तै, भारत र भुटानले सुरुआतमा चासो देखाएका थिएनन्। त्यसैले यो प्रतियोगिता नेपालमा हुने सम्भावना पनि थियो। तर भारतले गर्ने भएपछि अन्तिममा यो प्रतियोगिता भारतका केही मैदानमा आयोजना हुने भएको हो। तर यो प्रतियोगिताको लागि रंगशाला भने १० मार्चमा मात्र तय गरिने साफले जानकारी दिएको छ।

अघिल्लो संस्करणको साफो विजेता पनि भारत नै रहेको छ। उसले फाइनलमा नेपाललाई हराउँदै उपाधि जितेको थियो।

Laxmi sunrise bank

प्रकाशित: Feb 15, 2023| 13:52 बुधबार, फागुन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।