मंगलबार, भदौ १६, २०८३

भूकम्पको ८ दिनपछि टर्कीमा ७ जनाको जिवितै उद्धार

भूकम्पबाट टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या ४१ हजार नाघेको छ।
 |  बुधबार, फागुन ३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३, २०७९

टर्की र छिमेकी सिरियामा अघिल्लो सोमबार गएको शक्तिशाली भूकम्पपछि उद्धार अझै जारी छ। समाचार संस्था रोयटर्सका अनुसार भूकम्पको ८ दिनपछि उद्धारकर्ताहरूले कम्तिमा ७ जनालाई जिवितै उद्धार गरेका छन्।

दक्षिण टर्कीस्थित एउटा भवनको भग्नावशेषबाट १८ वर्षीय मोहम्मद क्याफरलाई जिवितै उद्धार गरेका छन्।

यस्तै युक्रेनी उद्धारकर्मीहरूले दक्षिण टर्की प्रान्त हातेस्थित भवनको भग्नावशेषबाट एक महिलालाई जिवितै उद्धार गरी अस्पताल पठाएका छन्। सोही प्रान्तबाट उद्धारकर्मीले थप २ महिलाको जिवितै उद्धार गरेका छन्।

यस्तै उद्धारकर्मीले छिमेकी कहरामनमारस प्रान्तस्थित एक अपार्टमेन्टको भग्नावशेषबाट दुई दाजुभाइलाई जिवितै उद्धार गरेका छन्। १७ वर्षीय मोहम्मद एनेस येनिनार र उनका दाजु २१ वर्षीय बाकी येनिनारलाई उद्धार गरी अस्पताल पुर्‍याइएको हो।

सोही प्रान्तबाट अर्की एक महिलाको पनि जिवितै उद्धार गरी अस्पताल पठाएको टर्किस मिडियाले जानकारी दिएका छन्। भूकम्पबाट टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या ४१ हजार नाघेको छ।


प्रकाशित: Feb 15, 2023| 11:01 बुधबार, फागुन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।