आइतबार, जेठ ३, २०८३

माघमा आन्तरिक राजस्व असुली लक्ष्यभन्दा कम

साउनदेखि माघसम्म ३ खर्ब २० अर्ब राजस्व संकलनको लक्ष्य लिए पनि २ खर्ब ५२ अर्ब रुपैयाँ मात्रै संकलन भएको छ।
 |  बुधबार, फागुन ३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३, २०७९

काठमाडौं–आन्तरिक राजस्व विभागले माघमा ३१ अर्ब ५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। विभागले माघमा ३९ अर्ब ४३ करोड संकलन गर्ने लक्ष्य लिए पनि सोअनुरुप असुली हुन नसकेको हो।

National life

विभागले गत वर्षको माघमा ३१ अर्ब २६ करोड राजस्व संकलन गरेको थियो। साउनदेखि माघसम्म ३ खर्ब २० अर्ब राजस्व संकलनको लक्ष्य लिए पनि २ खर्ब ५२ अर्ब रुपैयाँ मात्रै संकलन भएको छ।

जबकि गत वर्ष माघ मसान्तसम्म विभागले २ खर्ब ५६ अर्ब राजस्व संकलन गरेको थियो। चालू आर्थिक वर्षको सुरुबाटै  विभागले लक्ष्यभन्दा कम राजस्व संकलन गरिरहेको छ ।

सरकारले चालू आर्थिक वर्ष कुनैपनि राजस्व लक्ष्यअनुसार उठाउँन सकेको छैन। अर्थमन्त्री विष्णु पौडेलले नै राजस्व संकलन २०२४/०२५ यताकै कमजोर अवस्थामा रहेको स्वीकारेका छन्।

प्रकाशित: Feb 15, 2023| 13:12 बुधबार, फागुन ३, २०७९
प्रतिक्रिया दिनुहोस्