आइतबार, जेठ ३, २०८३

सुनको मूल्य प्रतितोला २०० ले घट्यो

अघिल्लो दिन प्रतितोला १ लाख ३ हजार ८०० मा कारोबार भएको सुनको मूल्य आज १ लाख ३ हजार ६०० तोकिएको हो।
 |  बुधबार, फागुन ३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३, २०७९

National life

काठमाडौं– सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला २०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन प्रतितोला १ लाख ३ हजार ८०० मा कारोबार भएको सुनको मूल्य आज १ लाख ३ हजार ६०० तोकिएको हो। 

महासंघको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १०० कायम भएको छ। यसको मूल्य अघिल्लो दिन १ लाख ३ हजार ३०० थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला ५ ले घटेर १ हजार २९० मा कारोबार भइरहेको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा  दैनिक सुनचाँदीको मूल्य तोक्ने गर्छ।

प्रकाशित: Feb 15, 2023| 11:53 बुधबार, फागुन ३, २०७९
प्रतिक्रिया दिनुहोस्