भोटेकोसी नदीमा बिहीबार सम्पन्न भएको सातौं र्याफ्टिङ च्याम्पियनसिप र सोही समयमा सञ्चालन गरिएको ११औं कायाक स्ललोम च्याम्पियनसिपमा महिलातर्फ फ्रिडम कायक एण्ड र्याफ्टिङ स्कुल र पुरुषतर्फ ह्वाइट वाटर च्याम्पियन भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै छलफल गर्ने भएका छन्।
राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज अन्तिम नामावली प्रकाशन हुनेछ। मतदाता नामावलीमा समावेश नाममा दावी विरोध, उजुरी र छानविनपछि आज नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले भन्सार नाकाहरुमा लामो समयदेखि रहेका सवारीसाधन छुटाउने सम्बन्धमा त्यसको सहज निकासका लागि भन्सार विभागलाई आग्रह गरेको छ।
भक्तपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष लक्ष्मी प्रसाद हयौमिखा र बैंकका सञ्चालक समितिका सदस्य नवीनभक्त श्रेष्ठले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन्।