शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • तीन दलको बैठकपछि प्रधानमन्त्रीको प्रतिक्रिया- भोलि ओलीसँग भेट्छु

तीन दलको बैठकपछि प्रधानमन्त्रीको प्रतिक्रिया- भोलि ओलीसँग भेट्छु

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने बताएका छन्।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने बताएका छन्।

National life

फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनको विषयमा छलफल​ गर्न बसेको ​नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले एमालेसँग शुक्रबार छलफल गरेपछिमात्रै अन्तिम निर्णय लिने बताए।

बिहीबार साँझ छलफल सकेर बाहिर निस्किँदा सञ्चारकर्मीहरूसँग प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले छलफल चलिरहेको बताए।

बिहीबार दिउँसो नै प्रधानमन्त्री पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो। उक्त बैठकपछि तीन दलका शीर्ष नेताहरूबीच छलफल भएको हो।

प्रकाशित: Feb 23, 2023| 20:42 बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...