गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कालीगण्डकी नदीको पवित्र शिला हिन्दुहरूको धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन रामको मूर्ति कुद्नका लागि हस्तान्तरण गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताएका छन्।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहनुको साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
चोरी शिकारीबाट गैंडा मर्न थालेपछि चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको खडक दल गणले निकुञ्जको सुरक्षा मजबुत पार्न निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ।
न्यायाधीशत्रय रमेशकुमार पोखरेल, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले उनलाई सफाइ दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष १२ वैशाखमा दायर गरेको मुद्दामा सफाइ दिने फैसला भएको हो।