मंगलबार, वैशाख १५, २०८३

प्रेस युनियन प्रदेश अध्यक्षमा नवोदित

नेपाल प्रेस युनियन प्रदेश–१ को अध्यक्षमा मीनकुमार नवोदित निर्वाचित भएका छन्।
 |  सोमबार, माघ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

विराटनगर- नेपाल प्रेस युनियन प्रदेश–१ को अध्यक्षमा मीनकुमार नवोदित निर्वाचित भएका छन्। 

National life

विराटनगरमा सम्पन्न प्रथम अधिवेशनले पत्रकार नवोदितलाई प्रदेशको संस्थापक अध्यक्षका रूपमा सर्वसम्मत निर्वाचित गरेको हो। नेपाल प्रेस युनियन मोरङका पूर्वअध्यक्षसमेत रहेका नवोदित दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र साहित्यमा सक्रिय छन्। 

नवोदितको अध्यक्षतामा सर्वसम्मत निर्वाचित २८ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र निरौला (झापा), महिला उपाध्यक्षतर्फ जयन्तीकला तामाङ (उदयपुर), समावेशी उपाध्यक्षमा शारदा तामाङ (भोजपुर), महासचिवमा संजीव वाग्ले (सुनसरी), सचिवमा सरोज निरौला (उदयपुर), महिला सचिवमा सरला रेग्मी (पाँचथर), समावेशी सचिवमा विनय वाराकोटी (सुनसरी) र कोषाध्यक्षमा कविराज घिमिरे (धनकुटा) निर्वाचित भएका छन्। 

यस्तै सदस्यमा चुमन बस्नेत, दिनेश गिरी, निरोज कोइराला, नरेन्द्र राई, विनु खड्का, प्रकाश पास्तावा, शिखरजंग श्रेष्ठ, दीपक काफ्ले, निशा दाहाल, रविना सुवेदी चयन भएका छन्। 

प्रथम अधिवेशनले संगीता सुहाङ, कल्पना कडरिया, हिमांशु राय, सुजन बज्राचार्य, ईश्वर चर्मकार, भाष्कर चौधरी, आशिष यादव, मिलन राई, खेमराज बराल र जीवन फूँयाललाई सदस्यमा चयन गरेको छ। 

kumari

यस्तै लेखा समिति संयोजकमा लक्ष्मी गौतम सर्वसम्मत निर्वाचित भए। लेखा समितिको सदस्यमा करुणा बस्नेत र पदमसुन्दर लामिछाने निर्वाचित भएका छन्।

प्रकाशित: Jan 30, 2023| 09:00 सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।