मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • श्रीमती र छोरालाई पेट्रोल छर्केर आगो लगाउने व्यक्ति पक्राउ

श्रीमती र छोरालाई पेट्रोल छर्केर आगो लगाउने व्यक्ति पक्राउ

बाँकेमा एक व्यक्तिले श्रीमती र छोरामाथि आगो लगाएका छन्।
 |  सोमबार, माघ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

बाँके- बाँकेमा एक व्यक्तिले श्रीमती र छोरामाथि आगो लगाएका छन्। कोहलपुर नगरपालिका वडा नम्बर १ स्थित शत्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त बिकले पत्नी गंगा बिक र २ वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका हुन्। 

National life

आगोबाट जलेर प्रिन्सको गएराति मृत्यु भएको छ भने श्रीमतीको गम्भीर अवस्थामा उपचार भइरहेको छ। 

बाँकेका एसपी सन्तोष सिंह राठौरले आइतबार राति बालकको उपचारको क्रममा  मृत्यु भएको जानकारी दिए।

गंगा बिकको  भेरी अस्पतालमा उपचार भइरहेको छ। उनको शरीरको विभिन्न भाग जलेको छ। अभियुक्तलाई भारततर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ।

प्रकाशित: Jan 30, 2023| 09:15 सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।