मंगलबार, वैशाख १५, २०८३

डल्फिन सहकारीका व्यवस्थापक खाती मृत फेला

पोखरा महानगरपालिका वडा नम्बर ९ शिवटोलमा डल्फिन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक लेखुराम खाती मृत फेला परेका छन्।
 |  सोमबार, माघ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

National life
kumari

पोखरा- पोखरा महानगरपालिका वडा नम्बर ९ शिवटोलमा डल्फिन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक लेखुराम खाती मृत फेला परेका छन्।

खाती आइतबार साँझ करिब ७ बजेतिर आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको कास्की प्रहरीले जनाएको छ। उनले केही वर्षदेखि पानी उद्योगसमेत सञ्चालन गर्दै आएका थिए।

चर्को ऋणको दवाव थेग्न नसकेर उनले आत्महत्याको बाटो रोजेका हुन्। उनी व्यवस्थापक रहेको डल्फिन सहकारीको आर्थिक अवस्था निकै नाजुक बन्दै गएपछि सञ्चालक समिति र बचतकर्ताले रकम जुटाउन चर्को दवाव दिएपछि यस्तो घटना घट्न पुगेको श्रोत बताएको छ।

प्रकाशित: Jan 30, 2023| 07:55 सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।