आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

बाँदरका कारण बाँझियो जग्गा, ओखरबाट आश

 |  सोमबार, माघ १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, माघ १५, २०८०

बलेवा- बसाइँसराइका कारण बाक्लो बस्ती पातलिँदै गएपछि केही वर्ष अघिसम्म लहलह झुल्ने खेतबारी अहिले बाँझै छन्। बाँझो फोड्ने जनशक्ति पनि गाउँमा कहाँ छ र ? बलियाबाङ्गा विदेशिएकाले बुढाबुढी र केटाकेटी मात्र गाउँमा छन्।

triton college

जसोतसो खेती लगाउँ भने पनि घरघर डुल्ने बाँदरबाट जोगाउनै मुस्किल भएपछि अधिकांश गाउँबसीको यही नै  साझा पिरलो भएको छ। गाउँमा खेती जोगाउन र बाँझो जग्गाको उपयोग गर्न खोज्नेहरुले अहिले  पनि बाँदरले नखाने खेती के हुन्छ भनेर खोजी गरिरहेका छन्।

यसै क्रममा बागलुङ नगरपालिका–५ मालिकादेखि वडा नं ९ तित्याङको उच्च भेगका किसान अहिले ओखर र किबी खेतीमा तानिएका छन्। किसानको मागअनुसार बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षमा नगरका पाँच वडामा ओखरखेतीको सुरुआत गर्न लागेको छ।

यो वर्ष नै एक हजार तीन सय ५० बिरुवा किसानलाई उपलव्ध गराइने नगरपालिकाको कृषि शाखा प्रमुख सुवास सापकोटाले बताए। बजारमा दाँते ओखरको माग उच्च छ। स्थानीय बजारमै पठाउन सकिने भएकाले पनि किसानले ओखरको माग गरेको उनको भनाइ थियो।

नगरपालिकाको वडा नं ५ देखि ९ सम्म एक हजार छ सय मिटरभन्दा माथिको भूभागमा यो खेती गर्ने नगरपालिकाले योजना बनाएको छ।

Metro Mart
vianet

‘किसानको मागका आधारमा ५० प्रतिशत अनुदानमा ओखरखेती कार्यक्रम सञ्चालन गर्न थालिएको हो। अधिकतम बाँझो जग्गा उपयोग गर्ने र किसानलाई आम्दानीसँग जोड्ने हाम्रो अभियान हो’, शाखाप्रमुख सापकोटाले भने, ‘कास्मिरी थिनलेस जातको ओखर लगाउने तयारी छ। बैतडी जिल्लामा उत्पादन भएका बिरुवा बागलुङ ल्याएर लगाउने तयारी भइरहेको छ। बाँदरले कम क्षति गर्ने भएकाले किसानको उच्च माग मागलाई  हामी कार्यान्वयनमा ल्याउने सोचमा छौँ।’

ओखरसँगै किबी खेतीलाई पनि प्रवद्र्धन गरिने उनले बताए। यो वर्ष पाँच सय किबीका बिरुवा ५० प्रतिशत अनुदानमा उपलव्ध गराइने छ। फलफूल प्रवद्र्धन कार्यक्रमका लागि नगरले रु २० लाख विनियोजन गरेको छ। कूल बजेटको ७० प्रतिशत नयाँ बाली विस्तारमा खर्च गरिने छ।

जैमिनी नगरपालिकामा पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ओखर खेतीका लागि अनुदान दिएपछि किसानले परम्परागत खेती छाडेर ओखर खेती सुरु गरेका छन्। ‘दैनिक स्याहार गर्नुपर्ने खेतीपाती लगाउन नसकिएकाले विकल्प खोज्दा ओखर खेती भेटियो।

केही वर्षअघि परीक्षणका रुपमा लगाइएको ओखरले राम्रो फल दिएपछि ओखर खेती गर्ने योजना बनाइएको हो,’ जैमिनी–३ का किसान प्रेमबहादुर छन्त्यालले भने, ‘मेरो बारीमा भएका दुईवटा बोटमा लटरम्म ओखर फलेको छ।  व्यावसायिकरुपमा खेती गर्दा फाइदा हुने देखिएपछि अहिले बिरुवा ल्याएर रोपेका छौँ।’ उनका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बिरुवामा अनुदानमा दिएपछि दाजुभाइ मिलेर ओखर लगाएका हुन्।

यहाँका किसानले गठन गरेको छन्त्याल किसान समूहमा आवद्ध भएका तीन भाइले एकसय रोपनी जमिनमा परियोजनाले उपलब्ध गराएको बिरुवा रोपेका छन्। एक हजार दुई सय बिरुवा रोप्नका लागि रु १७ लाख खर्च भएको परियोजनाले जनाएको छ। खर्चमध्ये परियोजनाले रु १० लाख अनुदान दिएको थियो। रासस

प्रकाशित: Jan 29, 2024| 11:50 सोमबार, माघ १५, २०८०
प्रतिक्रिया दिनुहोस्