बुधबार, पुस २, २०८२

नेपालमा क्रसकन्ट्री एथ्लेटिक्स च्याम्पियनसिप हुँदै

१६औं संस्करणको च्याम्पियनसिप नेपालमा आयोजना हुने नेपाल एथ्लेटिक्स संघले आइतबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो।
 |  आइतबार, फागुन ७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ७, २०७९

काठमाडौं- एसियन एथ्लेटिक्स एसोसियसनले आउँदो संस्करणको एसियन क्रसकन्ट्री च्याम्पियनसिपको आयोजना नेपालमा गर्ने भएको छ। 

National life

१६औं संस्करणको च्याम्पियनसिप नेपालमा आयोजना हुने नेपाल एथ्लेटिक्स संघले आइतबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो।

काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्ट क्षेत्रमा फागुन २३ गते बिहीबार आयोजना हुने प्रतियोगिता एसियन एथ्लेटिक्स एसोसियसनको तत्वावधानमा हुनेछ। यो प्रतियोगितामा एसियाभरबाट ४० देशका करिब ४५० जना खेलाडीहरुको सहभागिता जनाउने संघले जानकारी दिएको छ।

प्रतियोगितामा सिनियर पुरुषमा र महिलातर्फ १० किलामिटर दौड हुनेछ। त्यस्तै, यू–२० जुनियर पुरुषतर्फ ८ किमि र २० वर्ष मुनिका जुनियर महिलातर्फ ६ किमिका पनि कूल ४ विधामा व्यक्तिगत र टिम ईभेन्टसहरुमा प्रतिस्पर्धा हुनेछ।

यस्तो च्याम्पियनपसिप नेपालमा यसअघि पनि एकपटक आयोजना भएको थियो। त्यसैले अहिले नेपालले यो प्रतियोगिता दोस्रो पटक आयोजना गर्न लागेको हो।

Laxmi sunrise bank
kumari

यसअघि सन् १९९९ मा यस प्रतियोगिता नेपालले आयोजना गरेको थियो।

च्याम्पियनसिपमा सहभागी बन्ने खेलाडीलाई संघले आगामि फागुन ९ गते छनोट गरेर बन्द प्रशिक्षणमा राख्ने जनाएको छ।

प्रकाशित: Feb 19, 2023| 15:14 आइतबार, फागुन ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।