बुधबार, चैत ८, २०७९

सपना र सहजताको चाकाचुलीमा प्रचण्ड

गठबन्धनको सरकार चलाउनु आफैंमा गाह्रो काम हो। त्यसमाथि गठबन्धनमा आवद्ध केही राजनीतिक दलको सैद्धान्तिक धरातलले प्रचण्डको निम्ति समस्या पैदा गरेको छ।
 |  सोमबार, फागुन ८, २०७९

भानु बोखिम

भानु बोखिम

सोमबार, फागुन ८, २०७९

उतारचढावबीच प्रचण्डको प्रधानमन्त्री हुने सपना पूरा भयो। प्रचण्डको सपना एमाले अध्यक्ष केपी ओलीले पूरा गरिदिए, जोसँग उनको शान्ति प्रकृयापछि निरन्तर द्वन्द्व चलिरहेको छ। सार्वजनिक रुपमा प्रचण्डले सर्वाधिक आलोचना गरेका व्यक्ति पनि उनै ओली हुन्। हरदम द्वन्द्वमा रहेकासँग स्वार्थले सहकार्य गराउन सक्छ, तर सहजताको महसुस भने हुँदैन। अहिले ओलीको समर्थनमा प्राप्त प्रधानमन्त्रीमा प्रचण्डले अनेकन अप्ठ्यारा सामना गरिरहेका छन्।   

National life insurance

लोकतन्त्रलाई आत्मसात् गरेको राजनीतिक व्यवस्थाभित्र दलहरुको प्रतिस्पर्धा अनवरत चलिरहन्छ। राजनीति गर्ने नेताले देशको बागडोर सम्हाल्ने सपना देख्नु नौलो भएन। तर प्रतिस्पर्धाको राजनीतिमा सपना प्राप्तिको बाटो उति सजिलो हुँदैन। अर्काेतिर तेश्रो विश्वको राजनीति आदर्श र सिद्धान्तमा मात्र चल्दैन। सपना परिपूर्तिको निम्ति षड्यन्त्रका अनेकन खेलहरु चलिरहन्छन्। साथै, हाम्रो राजनीतिक प्रणालीको व्यवस्था अनुसार सरकार गठनको लागि दलहरुबीच सहकार्य अनिवार्यजस्तै बनेको छ।

राजनीतिमा सहकार्यको उत्तम आधार भनेको दर्शन र सिद्धान्तको पृष्ठभूमि अनि पार्टीले हासिल गर्ने लोकप्रिय मतको सम्मान हो। तर नेपालमा सहकार्य राजनीतिक दलको हैसियत र दलहरुले अंगालेको दर्शन र सिद्धान्तको आधारमा तय हुँदैन। दलका प्रमुख नेताको स्वार्थले निर्धारण गर्छन्। नेताको स्वार्थले निर्धारण गर्ने राजनीतिमा सरकार सञ्चालन उति सजिलो हुन्न, जो अहिले प्रचण्डले सामना गरिरहेका छन्। 

गठबन्धनको सरकार चलाउनु आफैंमा गाह्रो काम हो। त्यसमाथि गठबन्धनमा आवद्ध केही राजनीतिक दलको सैद्धान्तिक धरातलले प्रचण्डको निम्ति समस्या पैदा गरेको छ। संघीयता, धर्मरिपेक्षता र गणतन्त्रलाई प्रचण्डको दलले राजनीतिक उपलब्धि मान्दै आएको छ। नेकपा माओवादी केन्द्रले यो उपलब्धिमा आफ्नो महत्वपूर्ण भूमिका रहेको देख्छ। गठबन्धन सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सामेल छ। यो दलले गणतन्त्र र धर्मनिरपेक्षतामा असहमति राख्दै आएको छ।

आफ्नो सिद्धान्त र उद्देश्यअनुरुप काम गराउनको लागि सरकारलाई दबाब पनि दिँदै आएको छ। यसको एक उदाहरण हो– पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सार्वजनिक बिदा दिनु। झण्डै डेड दशकपछि पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन पाउँदा राजावादीहरु खुशी भए होलान्, प्रचण्ड स्वयंको लागि भने यो प्रिय निर्णय हैन। गठबन्धनमा आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति पनि प्रचण्डको लागि रुचीकर हुन सक्दैन, भलै अहिले यो दलले समर्थनमात्र गरेर सरकारबाट बाहिरिएको छ। यसका सभापति रवि लामिछानेमाथि उठेको नैतिक प्रश्न त छ नै, साथै यसले संघीयता प्रणालीभित्र रहेको प्रदेश संरचनाको उपादेयता देखिरहेको छैन।

worldlink
गठबन्धनको सरकार चलाउनु आफैंमा गाह्रो काम हो। त्यसमाथि गठबन्धनमा आवद्ध केही राजनीतिक दलको सैद्धान्तिक धरातलले प्रचण्डको निम्ति समस्या पैदा गरेको छ।

प्रदेश संरचना संघीयताको प्रमुख आधार हो। प्रमुख आधारकै महत्व नदेख्नु भनेको अप्रत्यक्ष रुपमा संघीयतालाई अस्वीकार गर्नु हो। माओवादीले संघीयतालाई पनि आफ्नो आन्दोलन तथा १० वर्षे युद्धको उपलब्धीको रुपमा दाबी गर्दै आएको छ। भलै संघीयतालाई सुनिश्चित गर्न मधेस आन्दोलनको भूमिका अझ बढी महत्वपूर्ण छ। यि कारण सरकारमा राप्रपा र रास्वपाको समर्थन र उपस्थिति दुवै प्रचण्डको लागि सकसको विषय हो। 

राष्ट्रपतिको निर्वाचन आउँदै गर्दा केपी शर्मा ओली प्रचण्डप्रति नरम छन्। ओली प्रचण्डलाई खुशी बनाएर राष्ट्रपति पद एमालेको पोल्टामा पार्ने दाउमा छन्। तर सरकार गठन लगत्तै ओलीले प्रचण्डमाथि हावी हुने बाटो तय गरिसकेका थिए, उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक भएर। ओलीसँगको लामो टकरावयुक्त सम्बन्ध र ओलीको हावी हुने स्वभावसँग परिचित प्रचण्डको लागि यो संयन्त्र निर्माण आफैंमा रुचीकर थिएन। त्यसमाथि त्यसको संयोजक ओली हुनु प्रचण्डको लागि अझ ठूलो पीडाको विषय थियो। ओलीको स्वभावसँग परिचित प्रचण्डले एमालेको नेता राष्ट्रपति हुँदा आफूमाथि आइपर्ने संकटको अनुमान राम्रैसँग गरिसकेका छन्। यसले उनको प्रधानमन्त्रीको जिम्मेवारीमाथि थप असहजता निम्त्याउनेछ। 

प्रचण्डको लागि ओलीसँगको सम्बन्धमा मनोवैज्ञानिक असर पनि छ। ओली पहिलेदेखि नै प्रचण्ड र प्रचण्डको दलको आलोचक थिए। माओवादी शान्ति प्रकृयामा आएपछि माओवादी र प्रचण्डप्रतिको आलोचनाको ग्राफ पनि चढ्दै गयो। माओवादी र प्रचण्डको लागि एमालेभित्र अति नै घृणित पात्र कोही थिए भने उनै ओली हुन्। प्रचण्ड र उनको दलले एमालेसँग सहकार्य गर्न खोजे पनि ओलीको अस्तित्वलाई स्वीकार्न सकेको थिएन। तर समयक्रममा ओली एमालेको अध्यक्ष भए। परिस्थिति यस्तो बन्यो कि ओली र प्रचण्ड एकैठाउँ उभिँदा दुवैको सपना साकार हुने भयो।

परिणाम- अघिल्लो प्रतिनिधी र प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेल भयो। त्यसपछि एमाले र माओवादी मिलेर नेकपा जन्मियो। तर ओली र प्रचण्डको स्वार्थको टकराव र विश्वासको दुरी बढ्दै जाँदा नेकपा पुनः विघटित हुन पुग्यो। त्यसपछि सार्वजनिक रुपमा ओली र प्रचण्डले एकअर्कामाथि गरेको आलोचना हेर्दा अहिलेको सहकार्य परिकल्पना बाहिरको कुरा हो। यसको अर्थ यति हो कि प्रचण्ड ओलीसँग मनदेखि सहकार्य चाहँदैनन्। आफ्नो सपनाको निम्ति बाध्य भएर ओलीको समर्थन स्वीकारे पनि त्यसको विकल्प तीव्र रुपले खोजिरहेका छन्। 

प्रचण्डलाई सहकार्य तोड्नु सहज भने छैन। तेश्रो विश्वको राजनीति अन्तर्राष्ट्रिय शक्तिबाट पनि प्रभावित हुन्छ। केही अन्तर्राष्ट्रिय शक्ति ओली र प्रचण्डकै सहकार्य जारी रहोस् भन्ने चाहन्छन्। भलै यो सहकार्य टुटाउन लागिपरेका शक्तिहरु प्नि छन्। साथै एमाले र माओवादी दुवैतर्फका अधिकांश कार्यकर्तालाई कम्युनिष्टहरु सहकार्य प्रिय लाग्छ। भलै यी दुवै दलका कार्यकर्ता तथा नेताले कम्युनिष्ट आचरण र जीवनशैलीलाई भुलिसकेका छन्। यस्तो अवस्थामा प्रचण्डको लागि नयाँ विकल्प अँगाल्न उति सजिलो भने देखिँदैन। 

अधिकांश कार्यकर्ताको मनोविज्ञानलाई सम्बोधन गर्दै कम्युनिष्ट एकताको आधार तय गरिदिने वा आफ्नो सहजता खोज्दै नेपाली कांग्रेसको साथ रोज्ने ? आजभोलि प्रचण्ड यहि सकसले उब्जाएको अलमलमा अल्झिरहेका छन्। तर यसको छिनोफानो लगाउने समय धेरै टाढा छैन। 

प्रकाशित: Feb 20, 2023| 10:10. 12 सोमबार, फागुन ८, २०७९

थप समाचार

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...

कम्युनिष्ट आन्दोलनमा युवाको बाटो

विषेशगरी कम्युनिष्ट आन्दोलनको लामो ऐतिहासिक र सैद्धान्तिक व्याख्या भन्दा पनि अब नेपाली युवाहरूले कम्युनिष्ट आन्दोलनमा खेल्नुपर्ने भूमिका र यस आन्दोलनलाई युवाहरूले कसरी जनउपयोगी बनाउने भन्ने...

गणतन्त्रको राष्ट्रपति र राजतन्त्रको राष्ट्राध्यक्षबीच भिन्नता पुष्टि गर्नु छ रामचन्द्रलाई

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेशसँगै सर्वोच्च पदको रूपमा रहेको राष्ट्रपतिमा परिपक्व नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन्।

राजनीतिक परिदृश्य, चुलिंदो ध्रुवीकरण र क्रमभंगता

लामो समय सामन्ती युगबाट गुज्रिएको नेपालको राजनीतिक विकासक्रम स्वाभाविक रेखामा अगाडि बढ्न सकेको देखिँदैन। सामन्तवादको प्रतिनिधित्व सामन्ती राजतन्त्रले गर्छ। सिद्धान्ततः सामन्तवाद भन्दा पुँजीवादलाई केही हदसम्म...