बुधबार, कात्तिक ५, २०८२

अष्ट्रेलियाविरुद्धको टेस्ट खेलमा भारतको लगातार दोस्रो जित

भातरको दिल्ली रंगशालामा भर्खरै सम्पन्न भएको टेस्टको तेस्रो दिनमा नै आयोजक टिमले पाहुना टिमलाई छ विकेटले हराएको हो। यो जितसँगै भारतले शृंखलामा २–० को अग्रता बनाएको हो।
 |  आइतबार, फागुन ७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ७, २०७९

काठमाडौं- भातरमा जारी चार खेलको टेस्ट शृंखलामा भारतले लगातरा दोस्रो जित निकालेको छ। भातरको दिल्ली रंगशालामा भर्खरै सम्पन्न भएको टेस्टको तेस्रो दिनमा नै आयोजक टिमले पाहुना टिमलाई छ विकेटले हराएको हो। यो जितसँगै भारतले शृंखलामा २–० को अग्रता बनाएको हो।

Kumaribank

गत फेब्रुअरी १७ मा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो पारीमा २६३ रन बनाएको थियो भने दोस्रो पारीमा ११३ रन बनाएको थियो। त्यस्तै, भारतले पनि पहिलो पारीमा २६२ रन बनाएको थियो। भारतको आफ्नो दोस्रो इनिङ भने तेस्रो दिनको विहान मात्र सुरु भएको हो।

अष्ट्रेलियाको पहिलो पारीमा उसमान खवाजाले सर्वाधिक ८१ र पिटर हेन्स्कोम्बले ७२ रन बनाएका थिए। भारतका लागि मोहम्मद शामीले चार विकेट गिराएका थिए।

यता, भारतको पहिलो पारीमा अक्षर पटेलले सर्वाधिक ७४ रन बनाएका थिए। दोस्रो दिनमा सकिएको सो पारीमा नाथनल लियोनले पाँच विकेट गिराएका थिए। त्यहि दिन ट्रेभिस हेडले ४३ र मार्नुस लुबस्चेनले ३५ रन बनाए पनि अष्ट्रेलिया १३३ मै अलआउट भएको थियो।

त्यसपछि भारतले ११५ रनको लक्ष्य पाएको थियो। जवाफमा रोहितले ३० र चेतेस्वर पुजाराले अविजित ३१ साथै श्रिकर भरतले २३ रन बनाएपछि भारतले चार विकेट गुमाएर जित निकालेको हो।

Metro Mart

पहिलो पारीमा ४४ रन बनाएका कोहलीले आज पनि २० रनको योगदान दिएका थिए। यता, अष्ट्रेलियाका नाथनन लियोनले दुई विकेट लिए।

प्रकाशित: Feb 19, 2023| 14:12 आइतबार, फागुन ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।