काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज(नेप्से) बजारमा आएका दुई मध्ये सबै समूह रातो भएको छ । नेप्से रातम्य हुदा परिसूचक १०.७६ अंक घटेर एक हजार २३०.६० बिन्दुमा पुगेको छ ।
कारोबारका साथै ‘क’ वर्गको सेन्सेटीभ इन्डेक्स समेत २.३९ अंक घटेर २६१.०६ बिन्दुमा पुगेको छ ।
बुधबार १६५ कम्पनीहरुको चार हजार ७३८ कारोबारबाट १४ लाख ३६ हजार ५१२ पटक शेयर खरिद बिक्री हुदा ३७ करोड ४० लाख ४९ हजार ८७५ रुपैयाँको कारोबार भएको ।
मंगलबार नेप्से बजार २.६९ अंक घट्दा ४५ करोड १९ लाख ९३ हजार रुपैयाँको कारोबार भएको थियो ।
नेप्से बजारमा आएका एघार समूह मध्ये दुईबाहेक सबै नौं समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी ननलाईफ इन्स्योरेन्स समूहको परिसूचक ५१.३८ अंक घटेको छ ।
त्यसपछि लाईफ इन्स्योरेन्स समूहको पसिूचक ३७.४५, हाइड्रोपावर समूहको परिसूचक १५.१६, विकास बैंक समूहको परिसूचक ११.५२ घटेको छ ।
बैंकिङ समूहको परिसूचक १०.१२, फाइनान्स समूहको परिसूचक ३.३३, उत्पादनमुलक समूहको परिसूचक ६.५२, अन्य समूहको परिसूचक ८.७५ र माइक्रोफाइनान्स समूहको परिसूचक ९.७५ अंक घटेको छ ।
यद्यपि व्यापर र होटल समूहको परिसूचक क्रमशः ४.२२ र ५.५६ अंक घटेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४