बुधबार, कात्तिक ५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • अष्ट्रेलिया महिला विश्वकपको सेमीफाइनलमा, इंग्ल्यान्डले इन्डियालाई हरायो

अष्ट्रेलिया महिला विश्वकपको सेमीफाइनलमा, इंग्ल्यान्डले इन्डियालाई हरायो

दक्षिण अफ्रिकामा जारी आईसीसी महिला विश्वकपमा इंग्ल्यान्डले इन्डियालाई ११ रनले हराएको छ।
 |  आइतबार, फागुन ७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ७, २०७९

काठमाडौं- दक्षिण अफ्रिकामा जारी आईसीसी महिला विश्वकपमा इंग्ल्यान्डले इन्डियालाई ११ रनले हराएको छ। इंग्ल्यान्डको  क्युबेराहमा शनिबार राति सम्पन्न भएको खेलमा जितको लक्ष्य राखेको इन्डियाले हार बेहोरेको हो।

Kumaribank

यता गएरातिकै खेलमा जित निकालेको अष्ट्रेलिया भने विश्वकपको सेमीफाइनलमा पुगेको छ। साविक विजेतासमेत रहेको अष्ट्रेलियाले आयोजक दक्षिण अफ्रिकालाई छ विकेटले हराउँदै सेमीफाइनलमा स्थान बनाएको हो।

खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले १२४ रन बनाएको थियो। जवाफमा अष्ट्रेलियाले चार विकेट गुमाएर २१ बल बाँकी रहँदै १२५ रनको लक्ष्य पुरा गरेको हो।

यता इन्डिया र इंग्ल्यान्डको खेलमा भने इन्डियाले ११ रनको हार बेहोरेको हो। टस जितेर पहिले बलिङ गरेको भारतले १५२ रनको लक्ष्य पाएको थियो। जवाफमा पाँच विकेट गुमाउँदै इन्डिया १४० रनमा समेटिएको थियो। यो जितसँगै इंग्लयान्ड समूह बीको शीर्षस्थानमा कायम छ।

प्रकाशित: Feb 19, 2023| 13:02 आइतबार, फागुन ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।