शुक्रबार, वैशाख ७, २०८१

हात्तीपाइलेको औषधिमा किन अरुचि?

हात्तीपाइले निवारणका लागि सन् २००३ देखि अभियान सुरु गरे पनि अझै १५ जिल्लामा हात्तीपाइले रोग निवारण नभएकाले सरकारले उक्त जिल्लामा आम औषधि सेवन कार्यक्रम गर्न लागेको हो। १५ वटा जिल्लाका ८४ लाख ९८ हजार ५०१ जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन लागेको छ।
 |  आइतबार, फागुन ७, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

आइतबार, फागुन ७, २०७९

काठमाडौं- सरकारले यही ११ फागुनदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन कार्यक्रम सुरु गर्दै छ। हात्तीपाइले निवारणका लागि सन् २००३ देखि अभियान सुरु गरे पनि अझै १५ जिल्लामा हात्तीपाइले रोग निवारण नभएकाले सरकारले उक्त  जिल्लामा आम औषधि सेवन कार्यक्रम गर्न लागेको हो। १५ वटा जिल्लाका ८४ लाख ९८ हजार ५०१ जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन लागेको छ। 

triton college

स्वास्थ्य सेवा विभाग ईपिडिमियमेलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा औषधि खुवाइनेछ। 

नेपालका ६४ जिल्लामा सञ्चालन गरिएको यो अभियान ४८ जिल्लामा बन्द गरिसकिएको छ तर बाँकी १४ जिल्लामा औषधि खान योग्य सबैले नखाइदिनाले र हरेक दुई दुई वर्षमा रगत जाँच गरी हेर्दासमेत यी जिल्लाका बासिन्दामा रोगको दर अपेक्षाकृत रूपमा नघटेकाले यी जिल्लामा पटक-पटक औषधि खुवाउनु परेको छ। 

यस बाहेक रसुवा जिल्लामा गत साल गरिएको रक्त नमुना सर्वेक्षणमा हात्तीपाइले जनस्वास्थ्यको समस्याको रूपमा देखिएकाले यस वर्ष रसुवासहित १५ वटा जिल्लामा आम औषधि सेवन सञ्चालन गर्न लागिएको छ। 

हात्तीपाइलेको औषधि खुवाउने अभियान सन् २००३ देखि ६४ जिल्लाबाट अभियान सुरु गरिएको थियो। तर, यी जिल्लाहरूमा रोगको दर अपेक्षाकृत रूपमा नघटेकाले पटक-पटक औषधि खानु परेको उनी बताउँछन्। हात्तीपाइले रोगका कारण हालसम्म ४० जिल्लाका ३२ हजार जनामा अपाङ्गता तथा हाइड्रोशीलको समस्या देखिएको महाशाखाको तथ्याङ्क छ। 

corrent noodles
Metro Mart

सरकाले हात्तीपाइले रोग निवारण कार्यक्रमका लागि प्रत्येक वर्ष १ अर्ब लगानी गर्दै आएको छ। आगामी फागुनमा सञ्चालन गरिने अभियानको लागि पनि सरकारले १ अर्ब ५ करोड बजेट छुट्याएको छ। यसवर्ष स्थानीय तहका लागि २० करोड २०, प्रदेश/जिल्लामा १ करोड ६० लाख, संघमा १२ लाख र औषधिका लागि ८५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको महाशाखाले जनाएको छ। 

सन् २०२० मा नै हात्तीपाइले रोग निवारण गर्ने उद्देश्य राखिए पनि निवारण हुन नसकेपछि यो लक्ष २०३० सम्मलाई सारिएको छ।  विश्व स्वास्थ्य संगठनले पनि सन् २०२० मा विश्वबाट हात्तीपाइले रोग निवारण गर्ने लक्षसहित काम गरेको थियो तर उन्मुलन हुन नसकेपछि २०३० सम्ममा उन्मुलन गर्ने लक्ष लिएको छ। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक गोकर्ण दाहाल भन्छन्, ‘हामीले २०३० सम्ममा हात्तीपाइले रोग निवारणको लक्ष लिएका छौं, दुई वर्षभित्रमा निवारणको लागि हामीले अब दुई वर्षमात्रै औषधि खुवाउनुपर्ने हुन्छ दुई वर्षभन्दा पछाडि औषधि खुवाउनुपर्छ भने २०३० मा निवारण गर्न सकिँदैन किनकि बाँकी ५ वर्ष हामीले निरीक्षण गर्नुपर्छ।’

हात्तीपाइले रोग निवारणका लागि राष्ट्रिय स्तरमा र जिल्ला स्तरमा हात्तीपाइलेको परजीवी २ प्रतिशत भन्दा कम मानिसमा हुनुपर्छ। सरकारले हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रूपमा निको हुनका लागि आम औषधि सेवन अभियानमार्फत प्रभावित जिल्लाका सबैले औषधि सेवन गर्न सरकारले आग्रह गरेको छ। 

यो रोगबाट बच्न विश्वभर र नेपालमा धेरै वर्षदेखि प्रयोग हुँदै आइरहेको र सुरक्षित औषधिहरू प्रयोग गरिन्छन्, महतोले भने, ‘औषधिहरूले हात्तीपाइले रोग लागिसकेकाहरूको उपचार हुनुका साथै रोग लाग्नबाट पनि बचाउँछ।’

महाशाखाका जनस्वास्थ्य अधिकृत महतो भन्छन्, ‘अझै पनि जनचेतनाको अभावले गर्दा हात्तीपाइले रोग नलागेकाले यो औषधि खान आवश्यक ठान्दैनन्, तर हात्तीपाइले रोगका लक्षणहरू नदेखिए पनि रोगका परजीवीहरू शरीरमा हुन सक्छन् र औषधि अहिले खायो भने ती परजीवीहरू मर्छन् र भविष्यमा रोग देखिँदैन। दोस्रो कुरा औषधि सेवनका कारण तपाईंको शरीरमा भएका हात्तीपाइलेका परजीवीहरू अरू स्वास्थ मानिसको शरीरमा सर्दैनन् । तेस्रो कुरा समुदायमा कोही व्यक्तिमा रोगका परजीवीहरू छन् र उहाँले औषधि सेवन गरेमा लामखुट्टेले टोके तापनि तपाइको शरीरमा ती परजीवीहरूबाट सार्न सक्दैनन्। त्यसैले औषधिको सेवन गर्नुपर्छ।’

शिक्षित वर्गले नै औषधि खान आनाकानी गर्नाले हात्तीपाइले निवारणमा कठिन भएको महत्त्व बताउँछन्। शिक्षित वर्गका सहरमा बस्ने मानिसहरूले आफूलाई जोखिम नभएको भन्ने धारणाको कारण पनि औषधिको खान हिचकिचाउने, अशिक्षित वर्गलाई जनचेतनाको कारण, आर्थिक– समाजिक रूपमा उच्च वर्गका मानिसहरूले अन्य अवाञ्छित घटना हुन सक्छ भन्ने गलत धारणका कारण औषधि खान नमानेकोले पनि निवारणमा कठिनाइ भएको महतोले बताए।

औषधि कसले खानुपर्छ र कसले खान हुँदैन?

महतोका अनुसार यस कार्यक्रम सञ्चालन हुने जिल्लाहरूमा यो औषधि खान योग्य सबैले खानुपर्दछ। त्यस्तै दुई वर्ष उमेर नपुगेका बालबालिकाहरू, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोग को समस्या भएका व्यक्तिहरू तथा ओछ्यान परेका सिकिस्त बिरामीहरूले यो औषधि खानु हुँदैन। सिकिस्त बिरामीहरू भन्नाले रोगका कारण ओछ्यान परेका बिरामीहरू, अस्पताल भर्ना भएका बिरामीहरू र मिर्गौला रोगको लागि डायलिसिस जस्ता जीवन भर चिकित्सकीय उपचार सहायतामा बसेका बिरामीहरूलाई बुझ्नुपर्छ।

‘हात्तीपाइलेको औषधि औषधि खाली पेटमा खानुहुँदैन । शरीरमा हात्तीपाइले रोगको परजीवी भएका व्यक्तिहरूमा यो औषधि सेवन गरेपछि सामान्य टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्छ। त्यस्तो भएमा औषधिले प्रभावकारी रूपमा काम गर्दै छ भन्ने बुझ्नु पर्छ। ती लक्षणहरू केही घण्टामा आफैँ हराएर जान्छन्। केही गरी लक्षणहरू लामो समयसम्म रहिरहे नजिकको स्वास्थ्य संस्थामा सल्लाह र उपचारका लागि सम्पर्क गर्नुपर्छ,’ महतोले भने।

प्रकाशित: Feb 19, 2023| 14:44 आइतबार, फागुन ७, २०७९
प्रतिक्रिया दिनुहोस्