सोमबार, पुस १४, २०८२

'मर्निङ वाक' गर्दा हात्तीको आक्रमण, दिदीबहिनी गम्भीर घाइते

 |  आइतबार, साउन ११, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०८२

झापा- झापाको दमकमा आज बिहान जंगली हात्तीले आक्रमण गर्दा दिदीबहिनी गम्भीर घाइते भएका छन्।

National life

आइतबार बिहान करिब ४ बजेतिर मर्निङ वाकमा गएको बेला दमक नगरपालिका- १ बरगाछी नजिक जङ्गली हात्तीले उनीहरुलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। आक्रमणमा परेर स्थानीय ४७ वर्षीया सुनिता राई र उनकी बहिनी ४२ वर्षीया कविता राई गम्भीर घाइते भएका हुन्। दुवैलाई हात्तीले सुँडले उचालेर फ्याँकेको बताइएको छ।  

हात्तीको आक्रमणबाट सुनिताको टाउको, दाहिने आँखा, दुवै खुट्टा, बाँया हात र शरीरका विभिन्नमा भागमा गहिरो चोट लागेको छ। उनको अवस्था गम्भिर रहेको  प्रहरीले जनाएको छ। 

दुवै घाइतेलाई दमक अस्पतालमा सामान्य उपचार गरि थप उपचारको लागि विराटनगर लगिएको छ। आक्रमणपछि हात्ती जंगल तर्फ भागेको स्थानीयले बताएका छन्। 

स्थानीय हम्सेदुम्से सामुदायिक वनबाट निस्केको हात्तीले दिदीबहिनीलाई आक्रमण गरेको हो।

Laxmi sunrise bank
kumari

एक वर्षमा छ जनाको मृत्यु
आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका विभिन्न स्थानमा हात्तीको आक्रमणमा छ जनाको मृत्यु भएको डिभिजन वन कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार सोही अवधिमा हात्तीको आक्रमणबाट सात जना मानिस घाइते भएका थिए भने चारवटा हात्ती मृत भेटिएका छन्।

प्रकाशित: Jul 27, 2025| 09:04 आइतबार, साउन ११, २०८२
प्रतिक्रिया दिनुहोस्