काठमाडौं– स्पेनी शीर्ष डिभिजनको ला लिगमा रियल मड्रिडले शनिबार राति जित निकालेको छ। रियलले शनिबार ओसासुनाको मैदानमा घरेलु टिमविरुद्ध २–० को जित दर्ता गराएको हो।
खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो। खेल अवधिभरी ५३ प्रतिशत मात्र पकड बनाएको रियलले दोस्रो हाफमा दुई गोल गरेर जित निकालेको हो।
खेलमा रियलल र ओसासुना दुवैले विपक्षीको पोस्टतर्फ ११ प्रहार गरेका थिए। त्यसैमध्ये खेलको ७८ औं मिनेटमा फेडेरिको वालवभेर्डेले गोल गरे भने इन्ज्युरी समयमा एसेन्सियोले गोल गरेका थिए।
यो जितका बाबजुद पनि रियलल शीर्षस्थानको बार्सिलोना भन्दा ५ अंकले पछि छ। एक खेल हातमा रहेको अवस्थामा बार्सिलोनाको ५६ अंक रहेको छ। ओसासुना भने १० औं स्थानमा छ।