आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रिमियर लिगमा चेल्सी र न्युकासलको हार, लिभरपुलको जित, सिटीको बराबरी

प्रिमियर लिगमा चेल्सी र न्युकासलको हार, लिभरपुलको जित, सिटीको बराबरी

इंग्लिस प्रिमयर लिग(इपिएल) मा न्युकासल युनाइटेड र चेल्सीले शनिबार राति हार बेहोरेका छन् भने म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ। गएराति युनाइटेड र चेल्सी दुवैले आफ्नो घरेलु मैदानमा भएको खेलमा हार बेहोरेका हुन्।
 |  आइतबार, फागुन ७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ७, २०७९

काठमाडौं- इंग्लिस प्रिमयर लिग(इपिएल) मा न्युकासल युनाइटेड र चेल्सीले शनिबार राति हार बेहोरेका छन् भने म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ। गएराति युनाइटेड र चेल्सी दुवैले आफ्नो घरेलु मैदानमा भएको खेलमा हार बेहोरेका हुन्।

शनिबार रातिको खेलमा चेल्सीले साउथह्याम्टनसँग १–० को हार बेहोरेको हो। चेल्सीले खेल अवधिभर ६१ प्रतिशत समय बलमा नियन्त्रण बनाए पनि गोल गर्न सकेन।

यता साउथह्याम्टनका वार्ड प्राविसले भने पहिलो हाफको अन्तिम मिनेटमा गरेको गोललाई बचाउँदै जित निकालेको हो। अर्को खेलमा भने न्युकासल युनाइटेडमाथि लिभरपुलले जित निकालेको छ।

खेलको १० औं मिनेटमा डार्विन नुनेज र खेलको १७ औं मिनेटमा कोडी गोक्पोले गोल गरेसँगै लिभरपुलले २–० को अग्रता बनाएको थियो। यता न्युकासलका गोलकिपर पोपेले खेलको २२ औं मिनेटमै  रातो कोर्ड पाएपछि खेलमा चौडै दबाबको अवस्थामा पुगेको थियो। यद्यपी त्यसपछि दुवै टिमबाट गोल भएनन्।

लिभरपुले यो जितसँगै  तालिकाको आठौं स्थानमा पुगेको छ। यता न्युकासल हारका बाबजुद चौथो स्थानमा कायम छ। गएराति चेल्सीलाई हराएको साउथह्याम्टन भने तालिकाको पुछारमा रहेको छ। हारका बाबजुज ३१ अंक भएको चेल्सी १० औं स्थानमा छ।

यता तालिकाको दोस्रोस्थानमा रहेको म्यानचेस्टर सिटीले भने लिगमा बराबरी खेलेको छ। एसले गएराति नटम फरेस्टसँग १–१ को बराबरी खेलेको हो। यो बराबरीपछि सिटीको ५२ अंक भएको छ।

यता शीर्षस्थानका आर्सनलको ५४ अंक रहेको छ। आर्सनलले पनि गएराति एस्टन भिल्लालाई ४–२ ले हराएको थियो।


प्रकाशित: Feb 19, 2023| 08:25 आइतबार, फागुन ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।