शुक्रबार, कात्तिक १३, २०८३

दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपाल र इन्डियाको बराबरी

दुई खेलको मैत्रीपूर्ण अन्तर्गत पहिलो खेलमा २–२ को बराबरी खेलेको नेपालले दोस्रो खेलमा भने गोलरहित बराबरी खेलेको हो।
 |  आइतबार, फागुन ७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ७, २०७९

काठमाडौं– भारतको चेन्नईमा आयोजना भएको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पनि नेपालले भारतसँग बराबरी खेलेको छ। दुई खेलको मैत्रीपूर्ण अन्तर्गत पहिलो खेलमा २–२ को बराबरी खेलेको नेपालले दोस्रो खेलमा भने गोलरहित बराबरी खेलेको हो।

आजको खेलमा दुवै टिमले गोलका लागि थुप्रै प्रयास गरेका थिए। नेपाली अग्रपंतिमा प्रशिक्षक अनन्त राज थापाले अमिषा कार्की र सावित्रा भण्डारीसँगै दिप शाहीलाई सुम्पिएका थिए। तर उनीहरुले गोल गर्न सकेनन्।

निर्धारित समयको तीन मिनेट बाँकी रहँदा थापाले अमिषाको ठाउँमा  अनिता बस्नेतलाई प्रतिस्थापन गरेका थिए। तर नेपालले गोल गर्न सकेन।

पहिलो खेलको अन्तिम दुई मिनेटमा नेपाली टिमकी सावित्रा भण्डारीले दुई गोल गरेर नेपाललाई बराबरी गराएकी थिइन्। त्यसअघि नेपाल २–० ले पछि परेको थियो। यो बराबरी सँगै नेपाल अपराजित रहँदै घर फर्किने भएको छ। यसअघि नेपालमै भएको साफ च्याम्पियनसिपको सेमिफाइनलमा भने नेपालले इन्डियालाई हराएको थियो।

प्रकाशित: Feb 19, 2023| 07:55 आइतबार, फागुन ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।