बुधबार, पुस २, २०८२

नेपालसँग ३ विकेटले हार्‍यो नामिबिया

नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले १५ बलअगावै ७ विकेटको क्षतिमा पूरा गरेको थियो।
 |  शनिबार, फागुन ६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ६, २०७९

काठमाडौं– नेपालले कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी आईसीसी लिग २ को एकदिवसीय त्रिकोणात्मक सिरिजमा नामिबियालाई ३ विकेटले पराजित गर्दै लगातार तेस्रो जित निकाल्न सफल भएको छ। 

National life

शनिबार नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले १५ बलअगावै ७ विकेटको क्षतिमा पूरा गरेको थियो। यो जितसँगै नेपालले लिग २ को सिरिजमै निकालेको यो पहिलो तेस्रो जित हो। नेपालको जितमा ओपनर आशिफ शेख र ज्ञानेन्द्र मल्लले कीर्तिमानी साझेदारी गरेका थिए।

आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि १३९ रनको साझेदारी गर्दै नेपालका लागि सर्वाधिक साझेदारी गर्ने कीर्तिमानी आफ्नो नाममा गरेका हुन्। आशिफले ६९ र ज्ञानेन्द्र मल्लले ६५ रनको योगदान दिए। ८ चौका र २ छक्का हानेका आशिफले एकदिवसीय खेलमा छैटौं अर्धशतक प्रहार गरेका हुन्। ज्ञानेन्द्र मल्ल ६५ रनमा क्याच आउट भए।

७४ बलको सामना गरेका ज्ञानेन्द्रले ५ चौका र ३ छक्का हाने। एक दिवसीयमा नेपालको तर्फबाट सात अर्धशतक प्रहार गर्ने ज्ञानेन्द्र पहिलो खेलाडी हुन्।चौथो विकेटका लागि कुशल मल्ल र कप्तान रोहित पौडेलले ९२ रनको साझेदारी गर्दै नेपालाई सहज जित दिलाएका थिए। 

कुशल ६२ रनमा क्याच आउट हुँदै पवेलियन फर्के। कुशलले ४९ बलमा बलमा ६ चौका र ४ छक्का हाने। ३९ रनमा आउट भएका कप्तान रोहितले ४३ बलमा ५ चौका हाने। सोमपाल कामी ८ र गुलसन झा शून्य रनमा नटआउट रहे भने दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल १ रनमा रनआउट भए। 

Laxmi sunrise bank
kumari

यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २७४  रनको योगफल तयार पारेको थियो। नेपालका लागि सन्दीप लामिछानेले तीन तथा करण केसीले एक विकेट लिएका थिए। 

प्रकाशित: Feb 18, 2023| 17:03 शनिबार, फागुन ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।