बिहीबार, फागुन २८, २०८२

बालबालिकामा कोरोना संक्रमणको असर दीर्घकालीन हुन सक्ने प्रक्षेपण

विश्व बैंकले कोरोनाका कारण अन्य राष्ट्रको तुलनामा दक्षिण एसियाली देशका बालबालिकामा कोरोना संक्रमणले पुर्‍याएको क्षति दीर्घकालसम्म रहन सक्ने औंल्याएको हो।
 |  शनिबार, फागुन ६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ६, २०७९

काठमाडौं– दातृ निकाय विश्व बैंकले दक्षिण एसियाली राष्ट्रका बालबालिकामा कोरोना संक्रमणको असर दीर्घकालीन हुन सक्ने प्रक्षेपण गरेको छ।कोरोनाका कारण अन्य राष्ट्रको तुलनामा दक्षिण एसियाका विद्यालय  बन्द भई घरमा बसेका २५ वर्षमुनिका बालबालिका तथा युवामा कोरोना संक्रमणले पुर्‍याएको क्षति दीर्घकालसम्म रहन सक्ने विश्व बैंकले जनाएको हो।

National life

कोरोना संक्रमणका कारण स्कुल बन्द हुँदा त्यसको प्रभाव बालबालिकाको बौद्धिक क्षमता विकास र मनोसामाजिक विकासमा परेको बैंकको भनाइ छ। स्कुल बन्द हुँदा १४ वर्षमुनिका बालबालिकाको सिकाइ क्षमतामा असर गरेको विश्व बैंकले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।

सोही कारण कोरोना संक्रमण फैलिनुअघिका बालबालिकाको तुलनामा ती बालबालिकाले भविष्यमा गर्ने आयआर्जनमा १४.४ प्रतिशतको गिरावट आउने बताइएको छ ।

कोरोना समयका पाँच वर्षमुनिका बालबालिका पछि युवावस्थामा पुग्दा तिनको सिकाइ तथा विश्लेषण क्षमतामा कोरोनापछिका बालबालिका र अघिको समयका बालबालिकाको तुलनामा २५ प्रतिशतको गिरावट आउने प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी पाकिस्तानमा कोरोनाअघि विद्यालय भर्ना हुने विद्यार्थीको संख्या र कोरोनापछि विद्यालय भर्ना हुने संख्या उच्च दरमा घटेको छ। कोरोनाका कारण गरिबीको रेखामुनि रहेका मानिसको संख्यामा वृद्धि भएको र पर्याप्त खाद्यान्न उपलब्ध नहुँदा नवजात शिशु तथा बालबालिकाको मानसिक तथा बौद्धिक क्षमतामा कमी आएको उल्लेख गर्दै विश्व बैंकले समस्या समाधानका लागि सम्बधित मुलुकलाई सचेत गराएको छ।

Laxmi sunrise bank
kumari

समस्याको समाधानका लागि कोरोनाविरुद्धका खोप र सन्तुलित आहार व्यवस्था गर्नुपर्ने, विद्यार्थीको बौद्धिक तथा मनोसामाजिक विकासका लागि प्राथमिक शिक्षाका कार्यक्रममा ध्यान दिनुपर्ने, गरिबीको रेखामुनि रहेका परिवारलाई नगद राहत दिनुपर्ने, स्कुल निरन्तर सुचारु गर्नुपर्ने, अध्ययनमा पछि परेकालाई विशेष रेमिडियल कक्षा सञ्चालन र युवाका लागि स्वरोजगारसम्बन्धी तालिम प्रदान गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

विश्व बैंकका अनुसार कोरोनाका कारण दक्षिण एसियाली राष्ट्रमा २०२० को अप्रिलदेखि सन् २०२२ को मार्चसम्म स्कुल पूर्ण तथा अल्पकालीन रूपमा बन्द थिए। विश्वका अन्य राष्ट्रका स्कुल कुल सञ्चालन दिनको ५२ प्रतिशत दिनमा बन्द थिए भने दक्षिण एसियाली राष्ट्रका स्कुल कुल सञ्चालन दिनको ८३ प्रतिशत दिन बन्द थिए। 

प्रकाशित: Feb 18, 2023| 13:38 शनिबार, फागुन ६, २०७९
प्रतिक्रिया दिनुहोस्