बुधबार, कात्तिक ५, २०८२

नामिबियाले नेपाललाई दियो २७५ रनको लक्ष्य

आईसीसी विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा नामिबियाले नेपाललाई २७५ रनको लक्ष्य दिएको छ।
 |  शनिबार, फागुन ६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ६, २०७९

काठमाडौं- आईसीसी विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा नामिबियाले नेपाललाई २७५ रनको लक्ष्य दिएको छ।

Kumaribank

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले ६ विकेटको क्षतिमा २७४ रन बनायो। नामिबियाका लागि जेन ग्रिनले ७५ रन बनाए। उनले ६३ बलमा ११ चौका र एक छक्का प्रहार गरे।

त्यस्तै, पिक्की या फ्रेन्सले ४९, ह्यान्डी लोरेन्सले ४१, रुबेन टुम्पेलमनले २४, मिचेल भानलिंगेनले २२ र कार्ल ब्रिक्स्टोकले २० रन बनाए।

नेपालका लागि सन्दीप लामिछानेले तीन र करण केसीले एक विकेट लिए। अन्तिम पाँच ओभरमा नेपाली बलर महंगा साबित भए। नामिबियाले अन्तिम पाँच ओभरमा ८४ रन बनायो। त्रिदेशीय श्रृङ्खला अन्तर्गत आज चौथो खेल भइरहेको छ। 

प्रकाशित: Feb 18, 2023| 12:54 शनिबार, फागुन ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।