आइतबार, भदौ १४, २०८३

नेपाल नामिबियाविरुद्ध टस जितेर फिल्डिङ गर्दै

काठमाडौंको त्रिवी क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिसजमा आज नेपालले नामिबियाको सामना गर्दैछ।
 |  शनिबार, फागुन ६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ६, २०७९

काठमाडौं- काठमाडौंको त्रिवी क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिसजमा आज नेपालले नामिबियाको सामना गर्दैछ।  नेपाल नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले नामिबियाको सामना गर्न लागेको हो।

 सन् २०२० को सिरिजमा अमेरिकाविरुद्ध डेब्यु गरेका कुशल मल्ले सबैभन्दा कम उमेरमा एकदिवसीय अर्धसतक बनाउने कीर्तिमान कायम राखेका थिए। उनै खेलाडीले अघिल्लो खेलमा पनि अर्धसतक बनाइसकेका छन्।

सिरिज सुरु हुनु अगाडि नेपालले लिग २ का तीन सिरिजबाट १२ खेल खेल्न बाँकी रहेको थियो।  एकदिवसीय मान्यता जोगाउने हो भने नेपालले १२ मध्ये ९ खेलमा जित निकाल्नै पर्ने अवस्था थियो। यता, दुई जित निकालेपछि अब नेपाललाई कमसेकम सात जित आवश्यक छ। 

त्यसैले पनि नेपाललाई आजको खेलमा जित आवश्वक छ। नामिबियाले भने यश अगाडीका सबै खेलमा हार बेहोरेको छ। यद्यपि नामिबिया तेस्रो स्थानमा कायम छ। खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।

प्रकाशित: Feb 18, 2023| 10:49 शनिबार, फागुन ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।