बुधबार, पुस २, २०८२

खेलाडीको मेन्टालिटी नतिजाले देखाइरहेको छ- मोन्टी देशाई

खेलपछि पत्रकारसँगको कुराकानीमा दिपेन्द्रले मोन्टी देखाई प्रशिक्षक बनेपछि टिममा एकता आएको बताएका हुन्।
 |  शुक्रबार, फागुन ५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

काठमाडौं- काठमाडौंमा जारी आईसीसी लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा लगातार दोस्रो जित निकालेसँगै नेपाली टिमका ब्याटर दीपेन्द्र सिंह ऐरीले टिमको भावना सकारात्मक रहेको बताएका छन्। खेलपछि पत्रकारसँगको कुराकानीमा दिपेन्द्रले मोन्टी देखाई प्रशिक्षक बनेपछि टिममा एकता आएको बताएका हुन्।

National life

तर आजको खेलमा नेपालले सुरुमा ब्याटिङमा संघर्ष गरेको थियो। ७७ रनमा पाँच विकेट गएको अवस्था थियो। उनले ८५ रन बनाएर नेपाललाई जित दिलाउन ठूलो सहयोग गरेका थिए। त्यो कत्तिको गाह्रो थियो त? दीपेन्द्रको जवाफ छ, ‘गाह्रो त त्यस्तो थिएन। मैदानमा ढिलो गए पनि मलाई जे रोल भनिएको थियो त्यो गरेको हो। सुरुमा साझेदारीको लागि खेलेको हो अन्तिममा फिनिसको लागि हो। मैले टप अर्डर खेलेर फिनिस गरे पनि पछि खेलेर फिनिस गरे पनि रमाइलो नै लाग्छ।’

उनले कुशल मल्लसँग मिलेर १०० रनको लामो साझेदारी गरिरहेका थिए। आफ्नो १०औं खेल खेलिरहेका कुशलले पनि आज ८१ रन बनाएका थिए।उनले भने, ‘साझेदारीका क्रममा खास केही थिएन। कुशलले राम्रो खेलिरहेको थियो।  उसलाई सिंगलको लागि सल्लाह गरेको थिए। बाहिर पुर्‍याउन सक्छौं भने हान भन्ने सल्लाह दिएको थिएँ।’

‘मानसिक रुपमा सरको अन्डरमा एक बल बेटर थियो। त्यसमा नै फोकस गरेको हो। मोन्टी हुँदा नै हामीले पहिले यू १९ को खेलमा पनि भारतसँग जित निकालेको हो,’ उनले भने, ‘उहाँ एकदमै सकारात्मक हुनुहुन्छ। टिममा नकारात्मक कुरा हुँदैन।’ उनले १२ खेलमा १२ नै फाइनल हो। अब १० फाइनल बाँकी रहेको भनेर मोन्टीले सम्झाएको बताएका छन्।

आज नेपालले स्पिनर्सलाई बाहिर राखेर पेसर खेलाएको थियो। आज आएका गुल्सनले बलिङमा खास राम्रो खेल्न सकेनन्।

Laxmi sunrise bank
kumari

यता, नेपाली टिमका प्रशिक्षक मोन्टी देशाईले अहिले नेपाली खेलाडीले निकालेको नतिजाले खेलाडीको मेन्टालिटी देखाएको बताएका छन्। ‘हाम्रो आजको अवस्था केही फरक थियो। ड्रेसिन रुमले कसरी काम गरिरहेको छ भन्ने कामले र नतिजाले देखाएको छ। दुई खेलाडीको पार्टनरसिप राम्रो भएर जितेको हो।’

उनले अगाडि भने, ‘हामी नेपाली क्रिकेटमा कथा बनाउन खोजिरहेको हो। खेलाडीहरु आफ्नो रोलमा डाइभ गरिरहेका छन्। खेलका क्रममा उनीहरुले सन्देश कसरी लिइरहेका छन् भनेर हेर्ने कुरा पनि हो। त्यसमाथि आज हामीले एसोसिएट देशहरुको वेस्ट साइडसँग खेलिरहेको हुँदा केही गाह्रो चाहिँ भएको थियो।’

अहिलेको अवस्थासम्म जारी लिग २ नेपालले दुई खेलमा जितेको हो। ‘हामीले नम्बर एक एसोसिएटलाई हराएको हो। जित निकाल्नका लागि खेलाडीबीच सहयोग र भाग्य चाहिन्छ। टिममा सबैलाई सबैको सपोर्ट चाहिएको हुन्छ। हामीले भोलि धेरै क्राउडको आशा गरेका छौं। हामी एक अर्को देश बन्न चाहन्छौं जो ठूला देशलाई चुनौती होस् भन्ने हो,’ मोन्टीले भने।

उनले थपे, ‘हामी सन्तुलित टिम बनाउने खोजेको हो। हामीले खेलाडीलाई ग्रुप गरेको हो। गुल्सनले पनि राम्रो खेलेका छन्। मैले खेलमा लेफ्ट आर्मब्याटर नभएका भन्ने कुरा हेरेको छैन। त्यो जज गर्नु मेरो लागि चाँडो हुनेछ। तर खेलाडीले राम्रो खेलिरहेको देखेको छु। आज फेरि २७० माथिको लक्ष्य जितेका छौं। यसरी खेल्नका लागि मैले उनीहरुको खेल कौशल सम्झाएको हो। हामीले ड्रेसिन रुपमा बनाउनका लागि धेरै प्रयास गरिरहेका छौं। म सन्तुलित टिममा विश्वास गर्छु। र हरेक दिन राम्रो गर्नेमा विश्वास गर्छु।’

यता आजको खेलमा शतक प्रहार गरेका स्कटल्यान्डका खेलाडी माइकलले आजको खेलमा हार बेहोरे पनि व्यक्तिगत रुपमा उत्कृष्ट रहेको बताएका छन्। खेलपछि उनले भने, ‘मेरो लागि प्राउडेस्ट मोमेन्ट हो। म यो कुरा  खुसी जुन मेरो केरियरको पहिलो सेन्चुरी थियो लाई बयान गर्नै सक्दिन। फेनोमेनल कुरा भयो। इमोसनल पनि भयो किनभने हार बेहोर्न पुग्यौँ। सुरुमा कम स्कोर भयो भन्ने कुरामा चाहिँ म स्कोरबोर्डलाई हेरेर खेल्ने गरेको छैन। म फाइरिङमा विश्वास गर्छु। म जस्तो अवस्थामा पनि क्याच अप गर्न सक्छु। ’

उनले थपे, ‘यो धेरै विशेष दिन पनि हो। पहिलो खेलमा हामी सकारात्मक थियौँ। यसमा जित भएन अर्कोमा हुन्छ भन्ने विश्वास लागेको छ। क्राउड निकै स्पेशल रहेको छ।’

प्रकाशित: Feb 17, 2023| 18:15 शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।